आजको समयले मागेको कथा

आजको समयले मागेको कथा

केही समय अगाडि एउटा घोडाघोडिको अासालाग्दो युवा भाईले मलाई फोन गर्यो -सर ,हामी युवाहरुको घोडाघोडि वाट ७,००० वाईक को र्यालि निकाल्नु छ अार्थिक सहयोग गर्नु परो ।मैले भने भाइ हुन्छनि अाउन लियर जाउ ,प्राय क्याम्पस मा चन्दा माग्ने अाईरहन्छन सवैलाई अलि अलि दियकै हुन्छु।तिमिहरुले घोडाघोडि वाट मात्र ७,००० मोटरसाइकल को र्यालि निकाल्दै रहेछौ,केही न केही मिसन जरुर होला १,००० जति लियर जाउ म अहिले वजारको घोडाघोडि मिष्ठान्नमा चिया खादैछुलियर जाउ भने।भाइ ले अल्लि अावाज निकालेर भने -सर हामिले १०,०००(दशहजार )भन्दा तल लिने गरेका छैनौ।अरु सरहरुले सवैले ५/५ हजार दि सक्नु भो ।फलानो ……..ले त २० हजार दिनु भो।हजुरलाई पनिहामि चाहिउलानि ।हजुरले चाहयो भने केही ठूलो होईन भने ।सरि भाइ मैले यति धेरै दिन सक्दैन १५०० जति भय हुने भय लैजाउ भने पछि भाईले भने हवस सर तपाई वाट हामी लिदैनौ भनेर फोन काटे भाइले।

एक जना मृगौला पिडित को सहयोगि क्याम्पसमा सहयोग उठाउन अाउनु भाथियो।लेखाशाखावाट सवै सरको नाम कम्प्युटर टाईप गरेर अाफ्नो नाम खोजेर रकम लेखेर सहि गरिदिनु पर्ने ,मैले यसो हेरे हाम्रो साथि हरुले १०००/१५०० लेख्नु भाथियो मैले पनि २००० फ्याट्टै लेखेर कलासमा गय।एउटा घण्टि पढायर सकेर क्यान्टिनमा अाको थिय त्यो चन्दा उठाउने कागज त्यहि घुमि राथियो।अनि मलाई सोध्ने मन लागो वहाँ काको मान्छे होर?वहाको घरको अबस्था के छ? सवै कुरा सुनी सके पछि मेरो मन भित्र पनि ठूलो प्राश्चित जस्तो झङ्कार अायो,अाज म त्यो अबस्थामा भको भय के गर्थे होला ।अनि मैले त्यो लिस्ट मागेर ४,००० लेखिदिय।अनि मनमा एक किसिम को अानन्द लाग्यो।यो पैसो नथप्दा खेरि मैले ठूलो गल्ति गरेकि के हो भन्ने पढाउने वेला पनि मनमा एक किसिमको नमज्जा लागि राथियो।

तर मोटरसाइकल रयालि वाला ले तपाईं संग पैसा लिन्नौ भन्दा मलाई कुनै पश्याताप लागेन।मन मा एक किसिम को अानन्द लागि रहयो।

मैले यति लेखी रहनु को सार एउटै छ त्यो हो – हिजो म संग १०,०००माग्ने युवा अाज अाफ्नै ठाउका वुवा अामा दाजुभाई अक्सिजन नपायर अकालमा मर्दा अक्सिजन प्लान्ट जडानका लागि दस हजार भन्दा कम लिदैनौ भनेर किन अाउदैनन।पीडा ….  लक्ष्मी प्रसाद भट्टराई  सुखद