एक जिवन्त संमरण

एक जिवन्त संमरण

हिजो घोडाघोडी नगरपालिका वडा न 4 मा ऋषि आचार्य भाई को विहेमा गयको थिय ।तेहा जे देखे मन भरिएर आयो।तेहाको पुरानो वासिन्दा र जागिरे भाहुनाले होला विहेमा 3/4वटा खसी काटियको थियो।म तेहा पुग्दा ओहो सर आउनु भो भनेर खाना को जिम्मा पाउनु भयका हरूले वडो आदर पुर्वक अलि वढी मासु सहित खाना दिनु भयो।हुनत बेहुलो भाई मेरो मामा को छोरा भाईनै हो।मैले खाना खादा त्याहा घरपरिवार का महिला पुरूष गरेर 5/7 जना ले के पुगो पुगेन भनेर चासो लि राख्नु भाको थियो।तर मेरो मन अर्कै दृष्य मा केन्द्रित थियो।
म पुग्दा तेहा 50/60 जना केटा केटि कसैका खुट्टा मा चप्पल थियनन,कोहि स्कुल ड्रेसमा थिय,कोहि च्यातियको कपडामा थिय ।मासु भात खान लाई थाल लियर तछाड मछाड चलि रहेको थियो भने अर्को तर्फ खाना दिने वालाले यिनि हरूले 3पटक खाई सके भाग,वाहिर जाउ भनि रहेका थिय।मैले यो दृष्य अति नजिक वाट नियालि रहेको थिय र मैले आफै गयर भात पस्कने हरूलाई भने मित्र हरू आज यि वच्चा हरूले जति खान्छन खान दिनुस।आज उत्सव हो।वरू अरूखाना वनाउन लगाउला ,खसी काटौला जति भन्छन दिनुस।मेरो नजिकै खाना खाई रहेको एउटा वच्चा लाई सोध्ने मन भयर सोधे मैले।
वाबु तिम्रो घर कहा हो?तिम्रो वावा मम्मी आउनु भयन ? तिमी त एक्लै छौ त?
वच्चा ले भन्यो-अंकल हाम्रो घरमा निम्ता थियन।हामि गरिव छौ।हाम्रो घरमा मासु कहिलै ल्याउदैनन।सरको विवाहमा मासु खान पाईन्छ भनेर हामि दुवै भाई वहिनि लाई लियर आयका छौ।
अनि यहा यो स्कुलको कपडा लगायर किन आकोनि भन्दा वच्चा ले भन्यो-
अंकल हामि घरमा कट्टु र कमिज मात्र लगाउछौ।हाम्रा सवै भन्दा राम्रा कपडा यिनै हुन लाज हुन्छ भनेर लगायर आयको हौ ।भन्दा मेरो आखा वाट तरप्प आसु झर्यो।म आफ्नो विगत झसक्क सम्झे अनि मेरो दुखद गरिवी वाल्यकाल सम्झे अनि ति तिन वटै वच्चा लाई मोटरसाइकल मा राखेर उनको घर पुगे।घर हेर्दा मेरो मन अझ भावुक भयो मैले आफुलाई समाल्न सकेन र उसका दिनभरि घर वनाउने लेवर गर्ने वाउ र अपाङ्ग जस्ति आमा लाई 2500दियर यि तपाई का छोरा छोरीलाई स्कुलका ड्रेस नया सिलाईदिनु होला भनेर छोडेर आय।

म त्याहा वाट घर सम्म आउदा मेरो मनमा अनेकन कुरा हरू खेले।मैले झलक्क तेहि वडा वाट चुनाव जितेका वडा अध्यक्ष टेक वहादुर वुढा ले भ्रमणको नाममा मोजमस्ति स्वरूप इलाम,इटहरी,जनकपुरधाम मा रमाउदै पोष्ट गरेको फोटो सम्झे।यि वच्चा को अवस्था यस्तो छ तर नगरपालिका का प्रतिनिधि भाडाको गाडीमा सयर गरेको सम्झे,भ्रमणको नाम मा भारत वाट स्वागतका लागि लगाईएका झिलिमिलि,वेन्जनयूक्त खाना सम्झे,वडा अध्यक्ष आफैले डोजर किनेर महङ्गो दरमा माटो पटानि गरेको सम्झे।कठै मेरो देश।कठै दुखी भयर जन्मलिने नावालक हरू ।आफैलाई छट्पटाउनु को अर्थ देखेन।जे होस अव भ्रमण गयका हरूलाई फुलमालाले स्वागत गर्नु पर्छ भन्ने लागो ।जयश्रीहरी गोविन्द नारायणहः प्रभु                                                                       लेखक – लक्ष्मी प्रसाद भट्टराई सुखद