कलमहरु शान्त थिए ।

कलमहरु शान्त थिए ।

कलमहरु शान्त थिए केही लेखिएनन ।
जनताहरु शान्त थिए केही बोलेनन ।
दलित ,जनजाती सबै शान्त थिए ।
निमुखा ,सर्बहारा, र ती झुपडीहरु शान्त थिए ।
सबै चुपचाप , मौन थिए ।
किन कि ?
त्यति खेर सुनिन्थ्यो रे !
लेखिन्थ्यो रे !
आहा !
सुन्दर शान्त नेपाल !
तर अब !
बिश्वको कोरोना कहर जस्तै !
नेपालमा चुनाबी लहर मचे जस्तै !
ती सम्पुर्ण कलमहरु !
जब शान्त महासागर पनि सुनामी भएर उर्लियो ।
यो मौन पृथ्वी भुकम्पभइ काम्यो ,डगमगायो ।
शान्तिका प्रतीक ,
ती परेवाहरु गहभरी आँसु लिएर!
चिच्याउदै एक साथ उडे ।
त्यस पछि !
यो सुन्दर शान्त नेपालमा !
कलमहरु आफ्नै रफ्तारमा दौडिन थालेछ्न !
अन्याय अत्याचार विरुद्ध!
जन आन्दोलनअरु चर्को नारा जुलुसगर्दै !
शान्तिको बिगुल फुक्दै ।
घामसान युद्धमा लम्किएका छ्न ।
यो सब तिम्रा कालाकर्तुतले गर्दा ।
चार जात छत्तीस बर्ण भनी
पुर्खाले आर्जेको मुलुकलाई ।
जननि जन्म भुमी लाई जब टुक्राटुक्रा पारी खायो ।
थुप्रै सीताका अस्मिता लुतियो ।
तब सबथोक एक साथ जुरमुराए ।
नत्र ती कलमहरु महासागर जस्तै शान्त थिए !
कलमहरु शान्त थिए ।

 

दिब्या प्रयासी टिकापुर, कैलाली