जति सक्छौ लुट

जति सक्छौ लुट

महेन्द्र अन्जान

जति सक्छौ लुट
जति सक्छौ लुट,सकेजती लुट
कहिले जुट र लुट,कहिले फुट र लुट
जसरी हुन्छ लुट ।
कहिले माथि वसेर लुट
कहिले तल वसेर लुट
जहा भए पनि लुट,
जति सक्छौ लुट,सके जति लुट
आमाको काख वेचेर लुट
श्रीमतिको शारव वेचेर लुट
छोरी–वुहारी–दिदी–वहीनी
समस्त नारीको नाक वेचेर लुट
भारतको भरौटे भएर लुट
अमेरिकको अहौटे भएर लुट
सुस्त धरौटी राखेर लुट
अव सिङ्गै तराई वेचेर लुट,
जति सक्छौ लुट,सके जति लुट
कोही यथार्त कर्ता भएर लुट
कोही नेता भएर लुट
कोही हतियार देखाएर लुट
कोही खानी वेचेर लुट
कोही पानी वेचेर लुट
त्यति पुगेन भने
आफनै साना साना नानी वेचेर लुट, जति सक्छौ लुट,सके जति लुट
कोही कर्मचारी भएर लुट
कोही व्यापारी भएर लुट
कोही ठेकेदार भएर लुट
कोही कामदार भएर लुट
अस्ति प्रजातन्त्रको नाममा लुट्यौ
हिजो लोकतन्त्रको नाममा लुट्यौ
अव आज लोकतन्त्रको वहानामा लुट,जति सक्छौ लुट,सके जति लुट
कोही भण्डार पसेर लुट
कोही भन्सार वसेर लुट
कोही सत्ताको महलमा पुगेर लुट
कोही सत्ताको दैलामा ढुकेर लुट
कर्मचारीहरु कलमको लौरा टेकेर लुट
गुण्डाहरु गौडा गौडा छेकेर लुट
कोही कसैको अ‍ेताला भएर लुट
कोही कसैको गोठाला भएर लुट
सक्दैनौ भने जिन्सी भए पनि लुट,जति सक्छौ लुट,सके जति लुट
लुट लुट लुट
सकेसम्म लुट,पाए सम्म लुट
पुस्तौं पुस्त पुग्ने गरि लुट