तिमी लाई म नेता मान्दैन !

तिमी लाई म नेता मान्दैन !

सधै कुर्सी र सत्ता ,
मेरा आफ्ना आफन्ती र भत्ता ,
राजनिती ,पैसा र पावर भन्नेहरुमा
नेता र भने भनाउदाहरुमा !
साच्चिकै !
के ?
यिनिहरु भित्र अलि कति माया मोह छैन ?
दुख पिडा मानव मानबियता केही छैन ?
मानब जाती अति बिपत्तीमा परिरहदा !
रोग भन्दा शोक र भोकले मरिरहदा !
मर्छु कि बांच्छु भनेर अस्पतालको सैयामा शोक मनाइ रहदा ।
घर छिमेकी आफ्ना आफन्तहरु !
अस्पताल एक मन्दिर हो ।
मेरो आफ्नो मान्छे रोगलाइ पक्का जितेर आउँछ ।
भन्ने अस्पताल को आशाको किरण ।
जब सधैकोलागि कालो रातमा बद्लिदा ,
खुशिहरु सधैंको लागी गुमाउदा ।
के भनु ?
महाशया नेता ज्यु हजुरलाई ?
कोइ डाक्टर ,अस्पताल, अक्सिजन न पाएर
जीवन मृत्यु संग भौतारी रहदा !
सायद तिमीलाई यो दुख पिडा न परेर होला !
बुझ्दैनौ ती जनार्दन आवाज र पिडाहरु !
तिमी तिम्रा भौतिक खुशी र सम्पतीको लागि मर ।
सत्ता भत्ता कै लागि आतंक मच्चाउने गर ।
जनार्दन आवाज हरु न सुन्ने तिमी ।
कुन नेता ?कस्तो नेता ?।
नेपाली हामी रहौला कहाँ !
नेपालै न रहे ।?
नेपाल हाम्रो रहन्छ कहाँ नेपाली न रहे ।
देश जनता बचाउन जोगाउन छैन ।
कसैको कुनै माया मोह छैन ।
दया माया इज्जत सम्मान छैन !
भने ।
सेवा र बिकासको नाम मा जहिले पनि ,
जाती, पार्टी , धर्म , राजनीति , ल्याउनु भनेर पाठ सिकेको तिमी ,
राम्रो होइन हाम्रो मान्छे अघि आउनु पर्छ भन्ने तिमी ।
कुन नेता ? कस्तो नेता ?
तिम्रो देशमा कहिले कलिला फुल, मुना बलत्कृत हुदा !
गरिबी , रोग ,शोक भोकले सडकमा मरिरहदा ।
तिम्रो मन कत्ती पनि दुखेन है ?
आफ्नै अगाडि यती चिच्याहत सुन्दा ?
अलि कति तिम्रो मुटु खाएन है ?
त्यसैले फेरि पनि सोधे ?
महाशया ज्यु !
तिमी कुन नेता?
कस्तो नेता ?
तिम्रो जस्तो मन मुटु कसैको न होस ।
साच्चिकै श्राप लागोस ती मरेर जाने आत्माको ,
आँसु लागोस ती तुहुरा लालाबालाहरुको ,
बात लागोस सिन्दुर पुछिएका ती अबला जननी को !
त्यसैले म भन्छु मेरो लागि ,
म र मेरो नेपालीको लागि,
तिमी नेता भन्नू कत्ती पनि सुहाउँदैनौं !
कसैको आवाज न सुन्ने पिडाहरु न देख्ने !
जुन जनता ले भोक ,प्यासलाई खरानी बनाइ !
रगत पसिना एक बनाई तिमिलाइ तिरेका कर ।
तिनी हरुकै जीवन मृत्यु संग राजनीतिका खेल खेल्ने ।
यहि हो तिम्रो चतुर्‍याइँ ?
यहिहो तिम्रो देश प्रती को बहादुरी ?
कुन नेता ?
कस्तो नेता ?
र कहाँ को नेता ?
तिमी नेता होइनौं !
कदापि नेता होइनौं ।
तिमिलाइ म नेता मान्दैन !!                                                    दिब्या प्रयासी