कविता: ‘बाँदरहरु‘
बा उ ति को हुन?
जोकर जस्तै देख्छु त,
हैन हैन,
कालो मुँख,लामो पुच्छर भएको
बाँदर जस्तै देख्छु,
अँह,
फेरी सडकमा डङ्गुर खांदै
हिड्ने कुकुर जस्तै देख्छु त?
मैले सुनेको,
बाँदरहरुले आफ्नो घर बनाउँदैनन्
र
अरुको पनि बन्न दिंदैनन् रे हो बा?
हो छोरा तिमिले ठिक भन्यो,
तिमिले जे जे देख्यो,त्यो सही देख्यो,
ति जोकर नै हुन्
ति बाँदर नै हुन्
ति कुकुर नै हुन्
जो विभिन्न भेषमा आएर,
आफ्ना असली जातको प्रदर्शन गर्दैछन् !
अंकर अन्जान सहयात्री
जानकी-८ जबलपुर कैलाली