समृद्धि

समृद्धि

एउटाले केही बोल्यो कि
७० करोड जवाफ अाउँछ
अर्कोले केही बोल्यो भने
बालुवाटार अाउँछ
अर्कोले बोल्यो भने
संसद अपहरण अाउँछ
झन अर्कोले बोल्यो भने
३८ किलो सुन अाउँछ
अझ अर्कोले बोल्यो भने
वाइडवडी अाउँछ
ऊ पछिको अर्कोले बोल्यो भने
एन.सि.एल. अाउँछ
ऊ पछिको झन अर्कोले बोल्यो भने
कोरोना सामग्री अाउँछ
ऊ पछिको अझ अर्कोले बोल्यो भने
यति-अाउँछ, ओम्नी अाउँछ
यस्तै अर्कोले बोल्यो भने
कार्बनडाइअक्साइड अाउँछ
झन पछिको झन बोल्यो भने
एमसीसी अाउँछ, रअ अाउँछ
महाकाली अाउँछ
चुच्चे पानीजहाज अाउँछ
रेल अाउँछ
कालापानी-लिपुलेक-लिम्पियाधुरा अाउँछ
चुच्चे नक्शा अाउँछ र गायब हुन्छ
राम अाउँछ, हनुमानहरू अाउँछन्
झन पछिको झन-झन बोल्यो भने
उखान अाउँछ,
टुक्का अाउँछ
यसरी हो नेपालमा समृद्धि आएको !