कतै फूल, कतै काँडा, देखिन्छ आजकल ।
कलम चल्छ, कोरोना लेखिन्छ आजकल ।
डर, त्रास, पिडा जे होस्, देशको नियमले,
मास्कले सुन्दर रूप, छेकिन्छ आजकल ।
याड आउँछ सिरानीको, जिन्दगी सम्झी,
रोग त रोगै हो, घुँडा टेकिन्छ आजकल ।
फलफुल, पानी, कसरत अनि योगले,
मनोबल थप्दै, डर फेकिन्छ आजकल ।
अनुरोध छ सबैलाई, जनचेतना होस्,
अस्पतालले, बिरामी गिन्छ आजकल ।
##
*लाहुराम चौधरी*
भजनी न.पा. ९, पहलवान