कुनै दिन म जिन्दगीको खास हुने छु ।
तिम्रो जिन्दगीको मनतनको सास हुने छ ।
सम्झन्छु हरपल याद बनेर तिमीलाई,
हर समयमा तिमीलाई बदमास हुनेछु ।
जब हाम्रो मिलन हुनेछ जिन्दगी भरिको लागि,
तिम्रो शरिरमा बग्न रगत र अभास हुनेछु ।
जिवनमा तिमीलाई धेरै खुशी दिन पाँउ,
जिवन भरि तिम्रो दिलमा बास हुनेछु ।
मेरो मायाँ चोखो र अटल छ अरे,
ममाथी अग्नी परिक्षा लिए पनि पास हुनेछु ।
सुनिता सानु