मर्दैछन् कोरोनाबाट, बचाउने आस गर सरकार ।
जनताकै लागि हो भने, रकम पास गर सरकार ।
छटपटिएका छन् महामारीबाट, जनता नभएर,
कुर्सी नै चाहे पहिला, जनताको नास गर सरकार ।
जसरी भोट मागिन्छ घर घर, त्यस्तै जनताहरूको,
मर्म नै बुझ्नु छ भने, झुपडीमा बास गर सरकार ।
धन सम्पत्ति देशका, उही संक्रमित जनता नै हुन ,
इज्जत नभए, खुल्लेआम मधुमास गर सरकार ।
ब्यक्तिगत सम्पत्ति झैं, लुटपाट, भागबन्डा हुँदैछ रे,
नेताहरुको देशमा, सत्य इजलास गर सरकार ।
(लाहुराम चौधरी)
**