धनिको घरपो विभिन्न आकार प्रकारको हुन्छ
गरिबको भने ढुङ्गाले बनेको, ओडारको हुन्छ
धनिको घरपो विभिन्न आकार प्रकारको हुन्छ
गरिबको भने ढुङ्गाले बनेको, ओडारको हुन्छ
तिमी पनि मेरो लागि त्यति नै महत्त्वपूर्ण छ्यौ
जति महत्त्व तरकारी पकाउँदा बेसारको हुन्छ
एक्लैले सफलता पुग्छु भन्ने कहिलै नसोच्नु
सफलतामा पुराउने हात त परिवारको हुन्छ
गाउँमा हुने हरियौ तरकारीको मूल्य गर्दैनन्
कुहिएको तरकारी बजारतिर हजारको हुन्छ
कमाउनेको पो जिन्दगी,जिन्दगी जस्तो होला
कामै नलाग्ने जिन्दगी त बेरोजगारको हुन्छ
सुमन चौधरी
दाङ