मरे दुःख, बाँचे सुख, गराउँछ कोरोनाले ।

मरे दुःख, बाँचे सुख, गराउँछ कोरोनाले ।

मरे दुःख, बाँचे सुख, गराउँछ कोरोनाले ।
बिचार गरौ, नत्र होसै हराउँछ कोरोनाले ।

विजोग भएकै छ अहिले, खाएर, तिरेर,
सिध्दिन्छ पैसा, पागलै बनाउँछ कोरोनाले ।

मानव मानव बिचको, द्वन्द्व प्रालय हो कि,
अचम्म गर्यो, विश्वलाई धाउँछ कोरोनाले ।

खोज अनुसन्धान गरे, जति जे गरे पनि,
मनुष्य हारे, जीत्दै गीत गाउँछ कोरोनाले ।

कारोबारको नामै ढलाउँछ, लिलामी बोल्ने,
बम्पर उपहार योजना ल्याउँछ कोरोनाले ।
#लाहुराम चौधरी#
#भजनी न.पा. ९, पहलवान#