समय र रुपैयाँपैसा फाल-फाल हुन्छ शराबीहरुलाई
सुर्य अस्ताएको साझ नयाँ साल हुन्छ शराबीहरुलाई
आफ्नै घर पनि कारागार जस्तो हुँदो हो उकुस-मुकुस
बा-आमा, जहान परिवार पर्खाल हुन्छ शराबीहरुलाई
एक गासको लागि कति पसिना बेच्नुपर्छ, सोध बालाई
जहर आमाले पकाएको भातदाल हुन्छ शराबीहरुलाई
शराबसँग मित्रता गासेर बडो महान थान्छन आफुलाई
हो, त्यही मित्र जिन्दगीको काल हुन्छ शराबीहरुलाई
दुख परेको बेला, मुटु जलेको बेला, मनलाई चंगा बनाउने
बिर्खे दाइको पुरानो भत्ती अस्पताल हुन्छ शराबीहरुलाई
दिलिप रत्गैंया
राजापुर-१० बर्दिया