© अवि अजनबी
चौबाटोमै शिरफूल झर्योभने के गर्छ्यौ ?
तिम्रो प्रेमी, यो पागल- मर्योभने के गर्छ्यौ ?
हाँस्नलाई त करहरू लागेकै छन्,लाग्छन्
रोउँ भने पनि यहाँ करै लाग्छ भन्छन्
आफ्नै मन दुबिधामा पर्योभने के गर्छ्यौ ?
जिन्दगी छ नदी जस्तो, किनारा झैं हामी
मनको बाँध तोडी हिंड्ने आवारा झैं हामी
दुनियाँले केहि सवाल गर्योभने के गर्छ्यौ ?