संक्षिप्त प्रोफाईल

परिचय (Introduction)

हिरगर साहित्यिक बगाल नेपाल वि.सं. २०७१ सालमा वैधानिक रुपमा जिल्ला प्रसाशन कार्यालय कैलालीमा मुनाफारहित एक सामाजिक संस्थाका रुपमा दर्ताभै समाजमा भाषा ,धर्म ,सँस्कृति र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्ने कार्यमा निरन्तर रुपमा लागिरहेको छ । संस्था दर्ता प्रकृया सँगसगै समाज कल्याण परिसद काठमाण्डौमा आबद्धभै आफुलाई समाजिक तथा साँस्कृतिक कृयाकलाप संचालनका लागि अग्रस्थानमा उभ्याउन सफल भएको छ ।
विशेषगरी भाषा, साहित्य, कला, सँस्कृति, मूल्यमान्यता, चालचलन , भेषभूषा, खेलकुद,खानपान , विचारधाराको सँराक्षण , सम्बद्र्धन र बिकास गर्ने हेतुले स्थापना गरिएको यो सँस्थाले हाम्रो समाज वरपर रहेका कथाव्यथा, प्रथापरम्परा, रीतिथिति, चालचलन र अन्य जीवन्त घटनाहरु लाई उजागर गरि राम्रा पक्षको प्रोत्साहन र नाराम्रा कुरीति कुशंस्कार लाई दुरुतसाहित गर्ने जमर्को गरेको छ । हाम्रा साँस्कृतिक धरोहरका रुपमा रहेका अमूल्य सम्पदा र सँस्कृति लाई जोगाइ राख्न र एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण गर्नको लागि सहयोग पु¥याउने उद्देश्य रहेको छ । ज्ञान र प्रबिधिको तिब्र बिकास र चमत्कारले गर्दा समाजमा अग्रगामी परिवर्तन भएको छ साथसाथै यसले कला, साहित्य, सँस्कृति, रहनसहन, बिचारधारा, चालचलन,भेषभूषामा समेत परिवर्तन ल्याई पश्चिमा सँस्कृति लाई अवलम्बन गर्न तर्फ उत्प्रेरित गरिरहेको छ । बिज्ञानका यस्तो अवस्था बाट समाज लाई सहिठाँउमा राखिराख्न हिरगर साहित्यिक बगाल सँस्थाले विभिन्न तह र तप्का बाट समाज लाई घचघच्याई रहेको छ । समाजमा हुने तीब्र विकाशले गर्दा आउन सक्ने समाजिक बिकृति, विसँगति, र विश्रृंखलता लाई चुनौतिको रुपमा लिदैँ त्यस तर्फ सचेत रहन र समाजसुधारका साथै जनचेतना फैलाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अठोट रहेको छ । समाजको विकासको गति सँगै हरेक कुरामा नयाँपन आउनु स्वभाविकै भएतापनि यसले हाम्रा अमूल्य नीतिका रुपमा रहेका र हाम्रो पहिचान र अस्मिता लाई जोगाइ राख्ने कला–गला, साहित्य, सँस्कृति, पहिचान, भेषभूषा, लवाइखवाइ, खानपान, विचारधार लाई मेटाइरहेको अवस्थामा सो को सम्बद्र्धन गर्नमा यो सँस्थाले सह्रानीय काम गर्दै आइरहेको छ । समाज पुस्तान्तरण सँग सँगै हाम्रा कला, साहित्य र सँस्कृतिको पुस्तान्तरणहुन नसकेको खण्डमा समाजमा आउनसक्ने कलंक र फैलिन सक्ने दुर्गन्ध लाई ध्यान दिई यसले आफ्ना समाज सचेतीकरणका पाइलाहरु लाई लम्काई रहेको छ ।
हाम्रो समाज बहुजाति, बहुधर्म, बहुभाषा र बहुसँस्कृति जस्ता विविधता भएको र सो माझ कला, सँस्कृति, साहित्य, मनोरन्जन र ज्ञानगुनको प्रचुर सम्भावना भएतापनि पश्चिमा सँस्कृतिको वढदो प्रभाव, बिज्ञान र प्रबिधिको चमत्कार, बढदो इन्टरनेट र समाजिक सन्जालका कारण विश्वलाई एउटाकोठामा कैद गरिएको अवस्थामा हाम्रा अमूल्य हामी लाई बचाई राख्ने नीधिको सँरक्षण र सम्बद्र्धन गर्ने मूख्य चुनौतिको रुपमा रहेको छ साथै बैदेशिक मोह, शहरीकरण,प्रतिस्प्रर्धा,आणविक सन्त्रास, आधुनिक जीवनशैली र कृषी जीवन बाट ताढीन खोज्नु जस्ता कारणले हाम्रो समाजको परम्पराहरु धरापमा परिरहेको अवस्थामा हिरगर साहित्यिक वगाल जस्ता साहित्यिक साँस्कृतिक र समाजिक सँस्थाले खेलेको भूमिका लाई वर्तमान अवस्थामा अविस्मरणीय कार्यको रुपमा लिनु पर्दछ । यस्ता कला सँस्कृतिको प्रभाव पछि सम्म रहिरहोस र यसको अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि साँस्कृति, साहित्यि, कला–गला,परम्परा लाई बँचाउन र विकास गर्ने हेतुका साथ यो स्थापना गरेका छौँ ।

लक्ष्य (Goal)

मानव लाई चिनाउने वस्तुको रुपमा रहेको मानवको सँस्कार, मूल्यमान्यता, चालचलन, परम्परा, भाषाकला, भेषभुषा, साहित्य, खानपान, खेलकुद, हाम्राइतिहास, बिचारधारा त्यस ठाँउको पहिचान, त्यहाँको सभ्यता, चिनाउने भएकोले राम्रा बस्तुलाई अँगाल्ने र नराम्रा लाई दुरुत्साहित गर्ने र मूर्तरुपमा एक आधुनिक विश्वजगतमा सानो संसार भएर पनि धेरैकुरा छुटिरहेको, छुटाइरहेको अभाष भएर यसको जिवन्त रुप र जोगाइ राख्न यस वैवको स्थापना गरने र अन्य सँस्थासँग सहकार्य गरि गराई एकजुट भएर पहिचान बँचाउने कार्य गरिनेछ 

उद्देश्य (Objectives)

  • यो संस्था मुनाफारहित जनहितकारी संस्था हुनेछ 
  • चेतनामूलक साहित्यिक, सांस्कृतिक र भाषिक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रकाशन र प्रसारण
    पनि गर्ने 
  •  ग्रामीण स्तरमा सञ्चारको पहुँच पु¥याउन एफ.एम., पत्रपत्रिका, टेलिभिजन जस्ता सञ्चारका माध्यमबाट आफ्नो मौलिक पहिचान खुल्ने किसिमका कार्यक्रमहरू संचालन गर्ने 
  • थारू समुदायमा प्रचलित भाषा, संस्कृति र साहित्यमार्फत्, छुवाछुत, कम्लहरी प्रथा अन्त्य, महिलाहिंसा जस्ता कुरीति हटाउने खालका गतिविधि सञ्चालन गर्ने 
  •  विभिन्न खाले साहित्यिक अन्तरक्रिया, गोष्ठी, लगायत प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने 
  •  विभिन्न असहाय, कम्लहरी, बालबालिकालगायत सबै खाले उमेर समूहको आत्माविश्वास जगाई आत्मनिर्भर बनाउने खालका कार्यक्रमहरू सञ्चालन गर्ने 
  • पत्रकारिता तथा साहित्यका विधागत विषयमा विभिन्न तालिमहरू सञ्चालन गर्ने 
  •  युवा सहभागितामूलक विभिन्न कार्यक्रम सञ्चालन गर्ने 
  • थारू भाषा तथा साहित्यको खोज अनुसन्धान गरी तत्सम्बन्धी पुस्तकालय, संग्रहालय आदिका स्थापना गर्ने 
  • थारू बाहेक अन्य मातृभाषीको कला, संस्कृति र साहित्यको संरक्षणमा लागि पर्ने संस्थाहरूसँग सहकार्य गर्ने 
  • यस संस्थाको उद्देश्यसँग मेलखाने अन्य सरकारी निकाय तथा गैरसरकारी संघ÷संस्थाहरूसँग सम्पर्क समन्वय र सहकार्य गरी कार्यक्रम थालनी गर्ने गराउने 

संस्थाका मुख्य सवालगत क्षेत्र (Major Thematic Area)

     १. शिक्षा
     २. साहित्य ,सँस्कृति, थारुखेलकुद
     ३. आत्मसम्मान र सहअस्तित्व सहितका सुसभ्य समाज निमार्ण
     ४. इतिहास र भविष्यका बारेमा सचेत
     ५. सम्पुर्ण उमेर, समुह, विचार सँग सहसम्बन्ध गाँसि उययुक्त कार्यक्रम गर्ने

संस्थाका अन्तर सम्बन्धित क्षेत्र (Cross Cutting Issue)

     १. साहित्य सँस्कृती र सजक समाज
     २. परम्परागत संस्था र स्वशासन
     ३. प्राकृतिक प्रकोप तथा पूर्व तयारी
     ४. सहकारीता

लक्षित समुदाय (Targeted Communities)
     १. लक्ष्य मिल्ने अन्य संघ सँस्थाहरु
     २. युवा, बृद्धा तथा बालबालिका
     ३. महिला
     ४. मुक्त कमैया/कम्लहरी, भूमिहिन र कम जमिन भएका किसानहरु

 

आवद्धता (Affiliation)

१. समाज कल्याण परिषद, काठमाण्डौ

 

संस्थाको संरचना (Structure)

structures

संस्थापक सदस्य 

क्र.स.

नाम

पद

१.

हिरा लाल सत्गौँवा

अध्यक्ष

२.

प्रेमा चौधरी

उपाध्यक्ष

३.

सागर कुश्मि

सचिब

४.

गंगा राम डगौँरा

कोषाध्यक्ष

५.

कालु राम चौधरी

सह सचिब

६.

रामु चौधरी

सदस्य

७.

आरबिन चौधरी

सदस्य

८.

पारवती सत्गौँवा

सदस्य

९.

सृजना बखरिया

सदस्य

१०.

शिव सागर

सदस्य

११.

गणेश चौधरी

सदस्य

 

 संस्थासँग भएका जनशक्ति (Human Resources)

क्र.स. नाम पद कार्य अनुभव

१.

पद

श्री हिरालाल चौधरी

९ वर्ष (नेपाल लाइफ इन्स्योरैन्स कं.लिं वरिष्ठ ऐजेन्सीमेमनेजर)

२.

प्रेमा चौधरी

उपाध्यक्ष

६ वर्ष (नमस्ते सहकारीको संचालक कोषाध्यक्ष)

३.

सागर कुश्मी

सचिव

७ वर्ष (पत्रकारीता र साहित्यक कार्यक्रम)

४.

सृजना चौधरी

सह–सचिव

४ वर्ष(अधिकारमा आधारित कार्यक्रमहरुमा)

५.

गंगारमा डगौरा

कोषाध्यक्ष

१० वर्ष (नेपाल टेलिकम )

६.

रामु चौधरी

सदस्य

४ वर्ष (कला, संस्कृति र साहित्यका क्षेत्रमा)

७.

अनिता चौधरी

सदस्य

३ वर्ष (युवा तथा व्यवहारिक सीपका क्षेत्रमा)

८.

रवि चौधरी

सदस्य

८ वर्ष (स्वरोजगार सीमका क्षेत्रमा)

९.

घनिमाया चौधरी

सदस्य

६ वर्ष (सामुदायिक स्वास्थ्य क्षेत्रमा)

.१०

सुमित रत्गैँया

सदस्य

२ बर्ष नेटबर्क वैवसाइट क्षेत्रमा र साहित्य

.११

छोटे लाल चौधर

सदस्य

४ बर्ष देखि स्वारोजकार सीममुलक क्षेत्रम

 

कार्य समिति (Executive Committee)

क्र.स. नाम पद

१.

श्री हिरालाल चौधरी

अध्यक्ष

२.

प्रेमा चौधरी

उपाध्यक्ष

३.

सागर कुश्मी

सचिव

४.

सृजना चौधरी

सह–सचिव

५.

गंगारमा डगौरा

कोषाध्यक्ष

६.

रामु चौधरी

सदस्य

७.

अनिता चौधरी

सदस्य

८.

रवि चौधरी

सदस्य

९.

घनिमाया चौधरी

सदस्य

.१०

सुमित रत्गैँया

सदस्य

.११

छोटे लाल चौधर

सदस्य

 

 

आफ्नो साहित्यिक कृति पठाउनु हाेस

    साहित्यिक कृति Select

    कृति अपलोड गर्नुस

    आफ्नो फोटो