अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

हिरगर संवाददाता

अत्तरिया, २४ भदौ–

कैलालीको अत्तरियामा रहेको सुर्या लाइफ इन्योरेन्स कम्पनीले मंगलबार एकदिने अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमको प्रमुख आथित्यमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै गौतमले आगामी आर्थिक वर्षमा देशकै पहिलो बिमा कम्पनि हुने लक्ष्य सुर्या लाईफले लिएको बताए । सुदुरपश्चिम प्रदेशभरी सुर्या लाईफ ईन्स्योरेन्सका १२ वटा शाखाहरु रहेको समेत उनले बताए । कार्यक्रममा अभिकर्ताहरुको जीवन बीमा व्यवसायमा बृद्धि ल्याउन तथा सफल बीमा अभिकर्ता उत्पादन गर्ने उद्देश्यका साथ तालिम प्रदान गरिनुका साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

यसका साथै उत्कृष्ट व्यवसाय गर्ने ३ जना एजेन्टहरुलाइ प्रसंशा पत्र सहित सम्मान गरिएको कम्पनीका अत्तरिया शाखा प्रमुख आनन्द प्रसाद भट्टले जानकारी दिए । अत्तरियामा उक्त बिमा कम्पनिको शाखा २०७० सालदेखी सञ्चालनमा आएको उनले बताए । शाखा सञ्चालनमा आएदेखी तिब्र रुपमा व्यवसाय विस्तार गरेको बताउदै भट्टले हाल शाखामा ६ सय ५० जना एजेन्टहरु रहेको बताए । कार्यक्रममा करिब एक सय जना उत्कृष्ट अभिकर्ताहरुको सहभागीता रहेको थियो भने बिशेश अतिथिमा एरिया प्रबन्धक हिरालाल चौधरी, अतिथिमा बेलौरी शाखा प्रमुख दिपक भट्ट ले मन्तब्य दिएका थिए भने कार्यक्रम संचालन अत्तरीयाका शाखा प्रमुख आनन्द भट्टले गरेका थिए ।