आउँदो शनिवार धनगढीमा अस्ट्रेलिया र क्यानडा लक्षित शैक्षिक मेला

आउँदो शनिवार धनगढीमा अस्ट्रेलिया र क्यानडा लक्षित शैक्षिक मेला

धनगढी, २६ भदौँ
कैलालीको धनगढीमा ग्राण्ड अष्टे«लिया एन्ड क्यानडा एजुकेसन सेमिनार हुने भएको छ  । एक्पट एजुकेसन एन्ड भिजा सर्भिसको आयोजनामा आगामी शनिवार धनगढीमा एजुकेसन सेमिनार हुने भएको हो ।
सेमिनार बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा एक्पट एजुकेसन एन्ड भिजा सर्भिसका मार्के्टिङ म्यानेजर हरिकृष्ण चौधरीले विद्यार्थीहरूलाई अस्ट्रेलिया र क्यानडा जान सहज होस् भन्ने उद्देश्यले सेमिनार आयोजना गरिएको बातए । सेमिनारमा अस्ट्रेलिया र क्यानडाका ७ वटा कलेजका प्रतिनिधिहरू समेत आउने उहाँले जानकारी दिए ।

 

अस्ट्रेलिया र क्यानडाका जानेक्रममा नेपाली विद्यार्थीहरू ठगिने क्रम बढेको भन्दै अभिभावकहरू तथा विद्यार्थीहरूलाई त्यहाँ जानेक्रममा अपनाउनु पर्ने प्रक्रिया बारे सेमिनारमा जानकारी गराइने बताइएको छ ।
सेमिनारमा ९ वटा स्टलहरू समेत रहने छन् । जसमा विद्यार्थीहरूले अस्ट्रेलिया र क्यानडामा रहेको विभिन्न कलेजहरूबारे जानकारी पाउन सक्ने आयोजकले बताएको छ । सेमिनारका १ हजार भन्दा बढी विद्यार्थी तथा अभिभावकको उपस्थिति हुने अपेक्षा गरिएको छ ।
बिगतमा अस्टे«लियमा मात्रै पठाउँदै आएको एक्पट एजुकेसन एन्ड भिजा सर्भिसले आगामी दिनमा क्यानडा समेत बिद्यार्थि पठाउने जनाएको छ ।