एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता हुने

एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता हुने

धनगढीमा एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीको आयोजनामा धनगढीमा दुई दिने एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता हुने भएको हो । आयोजक एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीले आज पत्रकार सम्मेलन गर्दै यस वारेमा जानकारी दिएको हो । धनगढीका १० वटा क्याम्पसको सहभागीता रहेको हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई नगद ३० हजार पुरस्कार दिईने एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजका मार्केटिङ म्यानेजर हरिकृष्ण चौधरीले जानकारी दिनुभयो ।

भदौ १० र ११ गते हुने हाजिरीजवाफ प्रतियोगिताको विजेताले नगद १५ हजार सहित ट्रफी मेडल र आईईएलएसमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ । उपविजेताले नगद १५ हजार सहित ट्रफी मेडल र आईईएलएसमा ५० प्रतिशत छुट पाउनेछ । त्यसैगरी तेस्रो हुने टीमले नगद ५ हजार सहित ट्रफी मेडल र आईईएलएसमा २५ प्रतिशत छुट पाउनेछ । त्यसैगरी सहभागी टीमलाई पनि आईईएलएसमा १० प्रतिशत छुटको व्यवस्था गरिएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजका मार्केटिङ म्यानेजर चौधरीले जानकारी दिनुभयो ।

हाजिरीजवाफ प्रतियोगितामा कैलाली वहुमुखी क्याम्पस, नाष्ट उच्च मावि, कैलाली मोडेल कलेज, ग्यालेक्सी कलेज, ऐश्वर्य विद्या निकेतन, एक्सीस विद्याश्रम, सुदुरपश्चिमाञ्चल एकेडेमी, क्रिसेन्ट सिटी कलेज, शारदा उच्च मावि र त्रिनगर उच्च माविले भाग लिएका छन् । सहभागी कलेजहरुलाई लोलाप्रथाको माध्यमले ५÷५ टीम छुट्टाईएको छ । त्यसबाट दुवै समुहबाट ३÷३ कलेज फाईनल चरणमा प्रवेश गर्नेछन् । ६ टीमबीच फाईनल खेल हुने एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीले जनाएको छ ।