थारू भाषी साहित्यकार कोपिला सहित चार जना स्रष्टा सम्मानित

थारू भाषी साहित्यकार कोपिला सहित चार  जना स्रष्टा सम्मानित

हिरगर संवाददाता, कपिलवस्तु

                     भाषा तथा साहित्यका विभिन्न विधामा योगदान पुरयाएकोमा शिवगढी साहित्य संगम कपिलवस्तुले थारू भाषा तथा साहित्य संरक्षण मञ्च दाङका अध्यक्ष छविलाल कोपिला लगायत चार जना साहित्यकारहरुलाई ताम्र–पत्र सहित सम्मान गरेको छ । 

20160309_125625

           कपिलवस्तुको आदर्श उच्च मा.वि.शिवपुरमा स्रष्टा सम्मान तथा कवि गोष्ठीको आयोजना गरी मञ्चले साहित्यका विभिन्न विधामा लामो समयदेखि योगदान पु¥याएका चार साहित्यकारहरुलाई सम्मान गरेको हो । यसरी अन्य सम्मानित हुनेहरुमा दधि–स्मृति साहित्य समाज कपिलवस्तुका संस्थापक अध्यक्ष ऋषिकेशव भारध्वज, लुम्बिनी बाङ्मय प्रतिष्ठान, नेपाल रुपन्देहीका सचिव राजेन्द्रकुमार आचार्य र अनुराग साहित्य समाज रुपन्देहीका अध्यक्ष निर्मल ढुङ्गाना रहनु भएको छ ।
                    कोपिलाका मुक्तिक खोज (उपन्यास–२०५९) भौगर (गजल संग्रह–२०६१), कैले फुल्छ ऊ –बालगजल (संग्रह–२०६३), अनवरत हिडाईका डोबहरु (हाइकु संग्रह–२०६३) राप्तीको तिरैतिर (कविता संग्रह–२०६७), चुरेको डाँडाबाट –कविता संग्रह–२०६६८) चुरिनियाँ (उपन्यास–२०६९), समयका डोबहरु (मुक्तक संग्रह–२०७१), हमार संस्कृति (लेख संगालो–२०७१) लगायतका झण्डै एक दर्जन पुस्तकहरु प्रकाशित रहेका छन् भने दर्जनको हाराहारीमा सम्पादित पत्रिका, पुस्तक तथा स्मारिकाहरु पनि रहेका छन् ।

          

20160309_152423

     लावा डग्गर त्रैमासिक पत्रिकाका प्रधान सम्पादक समेत रहनु भएका कोपिला राप्ती साहित्य परिषद् दाङ जिल्ला सदस्य, प्रगतिशील लेखक संघ दाङ शाखाका कोषाध्यक्ष लगायतका संस्थामा आबद्ध रहेका छन् ।

                       मञ्चका अध्यक्ष अर्जुन शरको अध्यक्षता एवम् लुम्बिनी बाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीको प्रमुख आतिथ्य तथा वरिष्ठ बिश्लेषक ऋषि आजादको विशिष्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष अर्जुन शरले कपिलवस्तुको साहित्यिक अवस्थाको बारेमा कार्य–पत्र प्रस्तुत गर्नु भएको थियो भने कार्य–पत्र माथि विभिन्न साहित्यिक व्यक्तिहरुले टिप्पणी गर्नु भएको थियो । सो अवसमा समीर शायर, श्यामप्रसाद न्यौपाने, गुरुप्रसाद कुमाल ‘बुलबुल’ रामप्रकाश चौधरी, कृष्णप्रसाद भट्टराई, जुना बुढा, सविना पौडेल, हरिराम थारु, सन्दीप चौधरी, सुभद्रा नेपाल लगायत दुई दर्जन बढी कविहरुले रचना वाचन गरेका थिए ।