पाँच साहित्यकार सम्मानितहुने

पाँच साहित्यकार सम्मानितहुने

जंग्रारार साहित्यिकबखेरीको पाँचौ बार्षिक उत्सबमापाँचजना साहित्यकार सम्मानितहुने भएका छन् । यसैगरि सोहि अवसरमा साहित्य र गीतबिधामा महत्वपूर्ण योगदान गरे बापत ३ जना स्रष्टाहरु पुरस्कृत हुने भएका छन् । जंग्रार साहित्यिकबखेरीको आगामीपुषमहिनाको १ र २ गते बर्दियाको राजापुर नगरपालिका ४, बालाबजारमाहुनगई रहेको भब्य समारोहबीचती साहित्यिकब्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गरिने बखेरीकाअध्यक्ष सोम डेमनडौराले जानकारी गराएका छन् । यसैबिचजंग्रार साहित्यिकबखेरीको अभियानलाई सशक्तबनाउन महत्वपूर्ण योगदानगर्ने ब्यक्तिहरुलाई प्रशंसा पत्रदिने समेत घोषणा गरिएको छ ।

jsb

 

सम्मानितहुनेहरुमा बरिष्ठ साहित्यकार कृष्णराज सर्बहारी, लेखकतथाकबि सुशीलचौधरी, जंग्रार साहित्यिकबखेरीका रेडियो उत्पादकतथा सञ्चालक सेभेन्द्र कुसुम्या, जीवनकाबक्र रेखाहरुको लेखिकाबालिकाचौधरी र नवगायकतथागजलकार दर्पण कुसुम्या रहेका छन् । कृष्णराज सर्बहारीले बिगतलामो दशक देखि साहित्य सेवातथाबिशेषतःथारु साहित्यको विकास र संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन् । यसैगरि उनले जंग्रार साहित्यिकबखेरी द्धारा प्रकासित पुस्तकको सम्पादन, सल्लाहकारको जिम्मेवारी समेत सम्हाल्दै आउका छन् । सुशीलचौधरी जंग्रार साहित्यिकबखेरीका संस्थापक संरक्षक हुनुका साथै बिभिन्नअभियानलाई सशक्तबनाउन महत्वपूर्ण भूमिकानिर्बाह गरेका छन् । उनी बिरहुल बस्ती नामकथारु र नेपालीभाषाको कबिता संग्रह समेत प्रकाशनगरि सकेका छन् ।
यसैगरि हसुलिया ८, कैलालीकागजलकार सेभेन्द्र कुसुम्याले अनवरतरुपमा २०७१ चैत्र देखि जंग्रार साहित्यिकबखेरीको ल्वाह्रल मन कार्यक्रमको उत्पादनगरि देशभरकाबिभिन्न १७ वटा एफएम, दुई वटा अनलाईन मार्फत प्रशासरण गराई रहेका छन् । बालिकाचौधरी भर्खर मात्रजीवनकाबक्र रेखाहरु पुस्तक लेखेकि छन् । यसैगरि, दर्पण कुसुम्याले थारु भाषाकागितीएल्बमबजारमाल्याएका छन् । उनीमार्फत हालसालै हिरडा र पुन्वासिकओजरिया २ वटा ग्तिीएल्बममा स्वर दिएका छन् । जसमध्ये धेरै जसो गजल रहेका छन् । सो दुइ वटा गितीएल्बम र जीबनकाबक्र रेखाहरु को पुस्तककालागि समाजसेबीमोहनचौधरीले प्रत्येकलाई दशदशहजार रुपैया पुरस्कार स्वरुपप्रदानगर्ने भएका छन् ।
जंग्रार साहित्यिकबखेरीले गर्न लागेको आफ्नो ५ औं बार्षिक उत्सबको अवसरमागुर्बाबा र गुर्बाबक जल्मौटी को बारेमा समेत प्रस्तूति रहने छ । यसैगरि सो कार्यक्रममाबहुभाषिक साहित्यबाचन, पुस्तकप्रदर्शनी, थारु साँस्कृतिकझाँकि, थारु गायकहरुको बेजोड प्रस्तूति रहने आयोजक संस्थाले जनाएको छ ।
जंग्रार साहित्यिकबखेरीले पाँचबर्षको दौरानमा डिउल गजल संग्रह, जेउनास गजल संग्रह, पस्नक पन्ह्वागजल संग्रह, मैयकपहुँरा गजल संग्रह र जीवनकाबक्र रेखाहरु र गितीएल्बमहरुमा हिरडा र पुन्वासिकओजरिया प्रकाशनगरि सकेको छ । यसैगरि सो कार्यक्रमबीचखबेरीद्धारा प्रकासितहल्कोरा नामकमुक्तक संग्रह र ठाकुर अकेला द्धारा लिखित छाँही गजल संग्रहबिमोचन समेत रहनेछ ।
थारु साहित्यकालागिपहिलो पटक यसखाले बार्षिकोत्सबकोरुपमाआयोजनागरिन लागेको साहित्यिकपर्वको प्रमुखअतिथिकाबारेमाभने छलफल भई रहेको बखेरीकाअध्यक्ष सोम डेमनडौराले जानकारी गराएका छन् ।