शंकरपुरको जंगलमा बस दुर्घटना १६ घाईते

शंकरपुरको जंगलमा बस दुर्घटना १६ घाईते

हिरगर संवाददाता
फागुन २९, कैलाली
महेन्द्रनगर बाट बिरगंज जादै गरेको ना ४ ख ५३१७ नम्बरको बस पुर्ब पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका ९ शंकरको हरियाली सामुदायिक वन नजिक बस दुर्घटना भएको छ । दुर्घटनामा परि १६ जना घाईते भएका छन । घाईतेहरु लाई उपचारका लागि सुखड स्थित घोडाघोडी अस्पतालमा पठाईएको छ । घाईतेहरुको उपचार भईरहेको छ