भादा महोत्सव २०७२ हुने

भादा महोत्सव २०७२ हुने

कैलालीको धनगढी उपमहानगरपालिका १६ साबिकको उर्मा ८ भादामा “थारु होम स्टे गाउं भादा महोत्सब २०७२” यही पौष १७ गते देखि २१ गते सम्म हुने भएको छ । “संरक्षण–सम्बर्धनके लग करी काम,संस्कृति,भेषभुषा राखी हमार पहिचान” भन्ने मुल नाराका साथ महोत्सब थारु होम स्टे गाउं भादा पर्यटन बिकास तथा ब्यवस्थापन समितीको आयोजनामा हुना लागेको हो ।

थारु समुदायको एैतिहासिक कला, संस्कृति र भेषभुषाको संरक्षण तथा सम्बद्र्धन गर्दै थारु होम स्टे गाउंको प्रचार प्रसार गर्ने उदेश्यका साथ गएको बर्ष झै यस बर्ष पनि महोत्सब आयोजना गर्न लागिएको थारु होम स्टे गाउं भादा पर्यटन बिकास तथा ब्यवस्थापन समितीका अध्यक्ष लक्ष्मी नारायण चौधरीले बताउनुभयो । वहांले २०६७ पौष १७ गते कैलाली जिल्लाको पहिलो थारु होम स्टे गाउं घोषण भए पश्चात आफुहरुले २०६८ पौष १७ गतेबाट आज सम्म निरन्तर हरेक बर्ष महोत्सबको आयोजना गर्दे आएको बताउनु भयो ।

कठरिया थारु,राना थारु लगायतका थारु समुदायको झुम्रा नाच, कठघोही, मुंग्रहुवा नाच, हुडुंवा, सखिया, होरी नाच, लगायतका नाचको प्रस्तुती,थारु जातको खानपान,भेषभुषा र कला–सिपको प्रर्दशनी, थारु समुदायको लोप हुने अवस्थामा रहेका धमार, मागर, सजना,बैरासु,लगायतका गीतका साथ साथै आधुनिक गीतसंगीतको प्रस्तुती महोत्सबको मुख्य आकर्षण रहेको सांस्कृतिक कार्यक्रम संयोजक जन्जिराम चौधरी बताउनु भयो ।

साथै महोत्सबलाई थप रोचक बनाउनका निमित्त बिभिन्न थारु चर्चित राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड् प्रस्तुतीे समेत रहेको संयोजक चौधरीको भनाईं छ । महोत्सबमा चार पाते मिश्रित क्लब भादाको आयोजनामा भलिबल सहित अन्य खेल पनि हुने उक्त क्लबका अध्यक्ष चेतराम चौधरीले जानकारी दिनुभयो । यस्तै महोत्सबमा स्टल राख्न चाह्नेहरुका लागि स्टल बुकिङ्ग पनि भैरहेको मेला ब्यवस्थापन समितीका संयोजक शेर बहादुर चौधरी ले बताउनु भयो ।

उक्त महोत्सब हरेक दिन बिहान ११ बजे देखि ५ बजे सम्म दीपेन्द्र चारपाते माध्यमिक बिद्यालय भादाको प्राङ्गगणमा संचालन हुने आयोजकको भनाई रहेको छ । “थारु होम स्टे गाउं भादा महोत्सब २०७२”को मिडिया पार्टनर कैलालीको मसुरियामा रहेको रेडियो सखि ९५.८ मेगाहर्ज रहेको छ ।