भिजिट मधेस अभियानले तराई मधेसमा नयाँ उत्साहको बिकास गरेको छ-मन्त्री सोनल

भिजिट मधेस अभियानले तराई मधेसमा नयाँ उत्साहको बिकास गरेको छ-मन्त्री सोनल

प्रेस नोट

हिरगर संवाददाता
कार्तिक,२४ गते

तराई मधेसको २२ वटै जिल्लालाई जोड्दै सक्रिय देश बिदेशमा रहेका सक्रिय युवाहरू द्वारा तराई मधेसमा पर्यटन प्रवर्द्धनको उदेश्यले संचालित भिजिट मधेस नेपाल द्वारा आज केन्द्रिय कार्यालय बिरगंजको सभा हलमा प्रदेश नम्बर-२ का भौतिक पुर्वाधार,यातायात एवं उर्जा मन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यमा भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरेको छ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोनलले प्रदेश सरकार पर्यटन क्षेत्रको बिकासको लागी प्रतिबद्ध रहेको बताए।

साथै प्रदेश सरकार यो अभियान संग सहकार्य गर्न तयार रहेको एवं अभियानलाई नितिगत तथा कानूनी रुपमा पनि सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेका थिए।मन्त्री सोनलले प्रदेश नम्बर २ का पुर्वी जिल्ला सप्तरीको सखडा भगवती देखी पर्साको गहवामाई, भाथा धामलाई धार्मिक सर्किटको रुपमा बिकास गरि धार्मिक पर्यटकको लागी आकर्षणको केन्द्र बनाउन सकिने बताए।यो अभियान तराई मधेसको २२ वटै जिल्लालाई जोडदै अगाडि बढी रहेकोले प्रसंशा गरेका थिए।भिजिट मधेस नेपालका रास्ट्रीय संयोजक ओमप्रकाश सरार्फले अभियानको प्रगति एवं निति तथा कार्यक्रमको बारेमा मन्त्री सोनललाई अवगत गराएका थिए।अभियानका संयोजक ओमप्रकास सर्राफको सभापतित्वमा सम्पन्न कार्यक्रममा अभियानका प्रदेश सदस्य हरेन्द्र बाबा पटेल,आइ टि एक्स्पर्ट इन्जिनियर कृष्ण सरार्फ,कार्यालय प्रमुख दिपु वर्णवाल,पर्सा जिल्ला सदस्यहरु रम्भा मिश्रा,स्याम सरार्फ,बिकास कुसवाहा,ध्रमेन्द्र सरार्फ,
ऋषि पटेल,काठमाडौ बेस टिम मेम्बर नवीन सरार्फ लगायतको सहभागीता रहेको थियो।यो अभियानको ग्लोबल संयोजक राज सरार्फ रहेको छ।