मेयर , उपमेयर चढने गाडि लाई ऐम्वुलेन्स, टिप्पर लाई सव वहान बनाउने अमरगढिकाे प्रसंसनिय कार्यको घाेषणा ।

मेयर , उपमेयर चढने गाडि लाई ऐम्वुलेन्स, टिप्पर लाई सव वहान बनाउने अमरगढिकाे प्रसंसनिय कार्यको घाेषणा ।

२४,  बैशाख, डडेल्धुरा –यस विषम परिस्थितिमा डडेल्धुरामा रहेका सात स्थानिय तह मध्ये सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकाका जन प्रतिनिधिहरुले आफुले चढ्ने सरकारि गाडी लाई एम्वुलेन्स बनाउने घाेषणा गरेका छन्। जन प्रतिनिधि जनता प्रति उदासिन भएकाे आराेप लागिरहेका बेलामा अमरगढीकाले भने याे निर्णय जनताकाे हितमा रहेकाे देखिन्छ।
नगर प्रमुख , उप प्रमुख चढ्ने २३९ नं वाेलेराे जिप गाडि नै जनताका लागि एम्वुलेन्स बनाउने र नगरपालिकाकाे टिप्पर लाई सव वाहन बनाउने निर्णय गरेकाे नगरपालिकाका सुचना अधिकारी लाल वहादुर साँउदले बताउनु भयाे।

यसरी सरकारि गाडि लाई ऐम्वुलेन्स र सव वहान बनाउने डडेल्धुरा पहिलाे नमुना नगरपालिका रहेकाे छ । नगरपालिकाले आफ्ना सवै संरचना परिचालन गर्ने क्रममा ११ स्वास्थ्य संस्थामा रहेका ४३ जना र विद्यालय नर्सिङ कार्यक्रममा कार्यरत १० जना स्टाप नर्स परिचालन गरेकाे छ। यस्का साथै टाेल टाेलमा स्वयंसेविका परिचालन गरेकाे छ।
सुदुर पश्चिम प्रदेशकाे एक मात्र संघिय अस्पताल डडेल्धुरा अस्पतालमा रहेकाे जनशक्ति अभाव लाई राहात गर्नुका लागि ४ जना स्वास्थ्यकर्मि पठाउने निर्णय गरेकाे छ। त्यसैैगरि आकस्मिक उद्वार टाेलि पनि गठन गरिसकेकाे छ।
महेन्द्र माध्यमिक विद्यालयमा अाईसाेलुसन संचालन गरेकाे छ भने हप्तामा तीन दिन नगरपालिकामा स्वाव संकलनकाे व्यवस्था मिलाएकाे नगरपालिकाले जानकारी दिएकाे छ ।