हिरगर संवाददाता
कैलाली, २० फागुन ।
हिरगर बगालका सचिव तथा युवा साहित्यकार सागर कुश्मी ‘संगत’ पुरस्कृत भएका छन् ।
थारु भाषा, कला साहित्यमा अतुलनीय योगदान पुु¥याए बाफत कुश्मी नगद १० हजार सहित पुरस्कृत भएका हुन् । सुदूूरपश्चिमाञ्चल साहित्य समाज कैलालीद्वारा धनगढीमा आयोजित विश्व नेपाली साहित्य महोत्सवमा उनी जसुदा राई(भट्ट) प्रतिभा पुरस्कारबाट परस्कृत भएका हुन् ।
युवा साहित्यकार कुश्मी थारु भाषा, साहित्य, कला, संस्कृति लगायत विभिन्न विषयमा कलम चलाउदै आएका छन् । उनको हस्ताक्षर गजल संग्रह २०६८, फुटल पोक्री गजल संग्रह २०६८, आँशके सागर मुक्तक संग्रह २०६९ प्रकासित भएको छ ।
साहित्यकार कुश्मी हरचाली साहित्यिक त्रैमासिक पत्रिकाका प्रकाशक सम्पादक समेत हुुन् ।