यूनियन लाइफ इन्स्याेरेन्स कं लि. काे बारेमा

यूनियन लाइफ इन्स्याेरेन्स कं लि. काे बारेमा

कम्पनी परिचयः
जीवन बीमा ब्यवसायको माध्यमबाट देशभर छरिएर रहेको आर्थिक श्रोत र साधनलाई जीवन बीमाशुल्कका रुपमा संकलन गरी देशको आर्थिक बिकासमा योगदान पुगाउने र समग्र नेपालीहरुको आर्थिक जीवनस्तर सुदृढ तुल्योने अभिप्राय लिई यूनियन लाइफ एन्स्योरेन्स मम्पनी लिमिटेड स्थापना भएको हो ।
सिद्धार्थनगर नगरपालिका–८, रुपन्देहीमा रजिष्ट्रर्ड कार्यालय र काठमाण्डौं महानगरपालिका–१०, नयाँ बानेश्वरर काठमाण्डौंमा प्रधान कार्यालय रहेको यस कम्पनी, कम्पनी कम्पनी रजिष्ट्रर्ड कार्यालयमा मिति २०७४।०१।२४ गते दर्ता नं. १६८१३१।०७३।०७४ भई बीमा समितिबाट मिति २०७४।०६।०४गते कारोबार संचालनको स्वीकृती प्राप्त गरी तत्पश्चात नियमित रुपमा कारोवार संचालन गरिरहेको छ । यस कंम्पनीमा प्रतिष्ठित ब्यक्तिहरु सहित जगदम्बा समूह, गोल्छा समूह, गाडिया समूह, न्यौपाने समूह, राजेश हार्डवेयर तथा टिवरेवाल समूह आदिको लगानी रहेको छ ।

 

 

पूँजी संरचना ः
कम्पनीको अधिकृत पुंजी रु २ अर्व १५ करोड र जारी तथा चुक्ता पुंजी रु २ अर्व १५ करोड रहेको छ । सो पुंजी मध्य ७० प्रतिशतले हुने रु १ अर्व ५० लाख संस्थापक समूहको र ३० प्रतिशतले हुने रु. ६४ करोड ५० लाख सर्वसधारण समूहको लागि छुट्याईएको छ ।

पुनर्बीमा ः

कम्पनीको बीमा ब्यवसायमा हुने आर्थिक जोखिम न्युन गर्न बीमा गर्ने ब्यक्तिहरुको पूनर्बीमा ट्रस्ट रि, बहराइन र नेपाल पूनर्बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ ।

परिकल्पना ः
नेपालीहरु माझ बीमा सम्बन्धी जनचेतना अभिबृद्धिगरी बीमा बजारको दायरालाई विस्तार गर्नुका साथै बीमितहरुलाई अन्र्तराष्ट्रिय स्तरको बीमा सेवा सुबिधा प्रदान गरी आर्थिक समृद्धि प्रदान गर्ने ।

लक्ष्यः
बीमा ब्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी तथा विश्वसनिय बनाउन बीमितहरुको सुरक्षा तथा अधिकतम लाभ प्रदान गर्ने खालका बीमा योजनाहरु ल्याउने तथा छरिएर रहेका श्रोत र साधनहरुलाई एकिकृत गरी जीवनस्तर उकास्ने ।

कम्पनीको उद्देश्य ः
क) बीमा सम्बन्धी नयाँ बीमा योजनाहरु तयार गरी अन्र्तराष्ट्रिय स्तरको सुबिधा प्रदान गर्ने ।
ख) बीमा ब्यावसायको प्रवर्धन गरी आर्थिक बिकासमा टेवा पु¥याउने ।
ग) शेयरधनीहरु, बीमितहरुको लगानीको उचित प्रतिफल प्रदान गर्ने ।
घ) बीमा ब्यवसायको विकास तथा बिस्तार गरी सबैलाई बीमाको दायरामा ल्याउने ।
ङ) बीमा ब्यवसायको विश्वसनियता अभिबृद्धि गर्न जनचेतनामुलक कार्यहरु गर्ने

कम्पनीको संचालक समिति ः
प्रतिष्ठित उद्योगपति, व्यापारी, समाजसेवीहरु एवं समाजका प्रतिष्ठित ब्यक्तिहरुको लगानी रहेको यस कम्पनीमा निम्नानुसार संचालक समिति रहेको छ ।
१) श्री शुलभ अग्रवाल               अध्यक्ष
२) श्री शेखर गोल्छा                  संचालक
३) श्री संदिप कुमार अग्रवाल     संचालक
४) श्री जीवन कुमार अग्रवाल     संचालक

कम्पनीको ब्यबस्थापन समूह ः
कम्पनीको ब्यबस्थापन समूहमा बीमा क्षेत्रमा लामो अनुभब हासिल गरेका अनुभवी ब्यक्तिहरु रहेका छन् । ब्यबस्थापकिय क्षमताको उच्चतम् प्रयोग गरी कम्पनीलाई बीमा क्षेत्रको प्रतिष्ठित र बिश्वसनिय कंम्पनी बनाउने अभियानमा ब्यवस्थापन समूह प्रतिबद्धताका साथ क्रियाशिल रहेको छ । कम्पनीको ब्यबस्थापन समूह निम्नानुसार रहेको छ ।
१) श्री मनोज कुमार लाल कर्ण प्रमुख कार्यकारी अधिकृत
२) श्री कपिल कुमार दहाल बरिष्ठ नायब महाप्रबन्धक
३) श्री कोषराज सुबेदी नायब महाप्रबन्धक

कम्पनीको हाल संचालनमा रहेका बीमा योजनाहरु ः
बीमा क्षेत्रको नियामक निकाय श्री बीमा समितिबाट स्वीकृत प्राप्त भए बमोजिम यस कम्पनीले बीमितहरुको हितलाई ध्यान दिई देहाय बमोजिमका बीमा योजनाहरु कार्यान्वयनमा ल्यएको छ । उल्लेखित बीमा योजनाहरुबाट बीमितहरुलाई लाभ पु¥याउन कम्पनीले सेवा सुविधाहरुलाई समय सापेक्ष ब्यापक र सरलिकृत गर्दै लैजाने छ ।
१) सिमित भुक्तानी साबधिक जीवन बीमा योजना
यस कम्पनीले ब्यवसाय प्रारम्भ गरेको शुरुवात देखिनै ग्रहाक वर्गहरुको हितलाई ध्यानमा राखी एकल वा सिमित अवधिका लागि बीमाशुल्क भुक्तानी गरी निर्धारित अवधि सम्म ढुक्क हुने र आवश्यक परेमा रीणमा एकै महिना पश्चात निकाल्न पनि पाउने ब्यवस्था छ ।
२) अग्रिम भुक्तानी तथा आजीवन बीमा योजना
यस कम्पनीले ब्यवसाय प्रारम्भ गरेको शुरुवात देखिनै ग्रहाक वर्गहरुको हितलाई ध्यानमा राखी नेपालको बीमा क्षेत्रमा पहिलो पटक अग्रिम भुक्तानी तथा आजीवन बीमा योजना प्रश्तुत गरेको छ । बीमा अवधि भित्रै अग्रिम रुपमा बीमाड्ढ रकम भुक्तानी प्राप्त हुनुका साथै बीमा अवधि समाप्ति पश्चात पनि आजीवन बीमा रहने यस बीमा योजनाको मुख्य बिशेषता रहेको छ ।
३) बाल बच्चा साबधिक जीवन बीमा योजना
४) साबधिक तथा आजीवन जीवन बीमा
५) सावधिक जीवन बीमा
६) सामुहिक एक बर्षे नविकरण म्यादी जीवन बीमा योजना (मुनाफा रहित )
लगाएतका जीवन बीमा योजनाहरु रहेको छ ।

 

 

यूनियन लाइफ इन्स्याेरेन्स कं. लि. धनगढी शाखा 

यस बीमा कम्पनीकाे बारेमा निःशुल्क परामर्शका लागि बीमा गर्न गराउन तथा अभिकर्ता  बन्न एस.एल.सी कमसेकाम पास गरेका नेपाली नागरीक लार्इ समेत अाह्वान गरिएकाे छ । ७५ लाख सम्मकाे सबैभन्दा ठूलाे दुर्घटना दाेहाेराे लाभ बजारका बिबिध बीमा याेजनाहरू भन्द फरक याेजनाहरूका लागि एकमात्र यूनियन लाइफ इन्स्याेरेन्स कंम्पनी  लि. ।

थप जानकारी का लागि  हिरालाल चाैधरी शाखाप्रमुख धनगढी शाखा फाेन ९८५८४२६६३३