राजापुर र सामुदायिक सुरक्षाका सवाल

बर्दिया जिल्लाको एक ऐतिहासिक स्थान हो राजापुर । पूर्बमा गेरुवा र पश्चिममा कौर्यार 
नदिको बिचमा ११ गाबिस आफ्नै कथा ब्यथा बोकेको छ । मिश्रित जातजाति र थारु
समुदायको सघन बस्ती रहेको ठाऊँ हो भौंरा टप्पा ।
द्धन्द्धकालमा यो ठाऊँलाई सानो रोल्पाको नामले पनि चिनिन्थ्यो । स्वभाबैले थारु
समुदाय सोझो, मिजासिलो र कानूनीरुपमा या प्रशासनीक रुपमा कम्जोर समुदाय हो ।
जमिन्दारी प्रथाको जग रहेको एक प्रमुख ठाऊ हो । यसैले पनि सशस्त्र द्धन्द्धको बेला
तत्कालिन बिद्रोही माओबादीको तारो बन्यो । तत्कालिन शाही सरकारको आँखा पनि
बर्दियाको भौंरा टप्पामा लाग्यो । त्यत्तिबेला जसले जुन दृष्टिकोणले थारुलाई
हेर्यो त्यही देख्यो र त्यही बनायो । एक जना थारु माओबादी हुँदा थारु
समुदायलाई नै माओबादीको आरोप लाग्यो । थारु कहिले राजाबादी, कहिले
कांग्रेसी त कहिले माओबादी र अहिले मधेशीको कित्तामा अभ्याइएको छ । तर थारु को
हुन् त भन्ने प्रश्नको जवाफमा उत्तर बंग्याउन यहाँका शासक बर्ग निकै सिपालु छन्
। र यिनै कारण यहाँको संरचना छिन्न भिन्न, अस्तब्यस्त र असुरक्षित पनि बनेको छ ।
खास गरेर तत्कालीन् शाही सरकार र बिद्रोही माओबादीको ११ बर्षको युद्धको असर अहिले
प्रत्यक्षरुपमा देश भित्र देख्न सकिन्छ । यसमा भौंरा टप्पा बर्दियाको सबभन्दा प्रभाबित
क्षेत्र हो । ती असर सामुदायिक सुरक्षाका मुख्य सवाल बनेका छन् । यसले गर्दा सामाजिक,
साँस्कृतिक, आर्थिक विकास थप्प भएका छन् । केही गति लिन खोज्दा पनि सुषुप्त अवस्थामा
छन् । बाँके जिल्ला र कैलाली जिल्लाको चेपुवामा पर्नुको अर्को कारण पनि हो
विकासको अबरोधक । तर यि सबै भन्दैमा पन्छिन मिल्ने या चुपचाप लाग्न सक्ने अवस्था
भने होइन । राजनीतिक अस्थिरता तथा अस्वस्थ राजनीति, विकास र सुरक्षाको प्रमुख कारक तत्व हुन्
भन्दा केही फरक नपर्ला । सुरक्षा कम्जोर हुनु, कानूनी राज्य स्थापना हुन नसक्नु,
दण्डहीनता बढ्दै जानु यिनै कारणले पनि विकास अबरुद्ध हुन्छ ।

सुरक्षा चुनौतिहरु र समाधानका उपाय
अधिकांश यूवा बेरोजगार
यहाँका अधिकांश यूवाहरु बेरोजगार छन् । ११ बर्षे जनयुद्धकालमा हुर्के बढेका
बालबालिकाहरु त्यही अनुसारको शिक्षा, संस्कार र संस्कृति सिक्नुपर्ने बाध्यता थियो । एक
दशकको पुस्ता नै त्यही संस्कारबाट गुज्रिनु पर्यो । अधिकांश यूवा बिदेश पलायन हुनु
पर्ने बाध्यताले शिक्षाको स्तर त्यसै नै खस्क्यो । युद्ध पोषित जनशक्ति अहिले हिंसाका
प्रमुख पात्र बनेका छन् । न त उद्योग धन्दा, न ब्यापार व्यवसाय, न त बैज्ञानिक कृषि ।
यिनै बेरोजगारीले गर्दा गरिबी बढ्नु र माहोल हिंसात्मक, अपराधिक हुनु स्वभाविक हो ।
यूवाहरुलाई स्वरोजगार बनाउन आधुनिक कृषि प्रणाली हुनु जरुरी छ । कृषि नीति
कृषकमुखी हुनु पर्छ । सरकारको कृषिमा लगानी, कृषि बिमा, बजार भाऊ, बजार
व्यवस्थापन र यूवाहरुलाई प्रोत्साहन गर्ने खालका सम्मानजनक कृषि नीत र यसको
कार्यान्यवन गर्न सक्नुपर्छ ।
लागु पदार्थ दुव्र्यसनी, मादक पदार्थ
यतिबेला गाऊँ गाउँमा लागु पदार्थको बिगबिगी छ । बाह्र बर्षका बालबालिका देखि
यूवा र प्रोढमा समेत पनि गाँजा, चरेश, भाँग तान्ने गरेको पाइन्छ । अझ खास गरेर
किशार र यूवाहरु यो समस्या बाट ग्रसित छन् । एक अर्काको देखा सिकी, साथी सँगतले गर्दा
कुलतमा फस्दै गएका छन् । जाँड रक्सीको कुलत अझ अत्याधिक छ । गाँजा चरेश
खाने, जाँड रक्सी खाने, चोरी लुटपाट गर्ने, झै झगडा र काटमार गर्ने घटना
बढ्दै गएको अवस्था छ ।  कहिले त्यो घरको कुखुरा चोरी भएको छ, सुंगुर, भेडा बाख्रा
चोरी भएको छ, पैसा चोरी भएको छ, यूवा यूवा बिच लडाई भएको छ जस्ता कुराहरु यस
ठाउँका लागि सामान्य बन्दै गएको छ । अझ यसले गर्दा लैंगिक हिंसा, घरेलु
हिंसा, बलात्कार बढ्नुका साथै आत्महत्या पनि बढ्दै गएको छ । यसर्थ, लागु पदार्थ
दुब्र्यसन, मादक पदार्थको कुलत असुरक्षाका मुख्य सवाल हुन् ।
लागु पदार्थ दुव्र्यसन एउटा रोग हो । यो समाज र देशकै लागि खतरा हो । यसको बिरुद्ध
सचेतना अभियान, खुला र लाइसेन्स बेगर रक्सी बेचबिखन कार्य, अत्याधिक सेवन गरि
समाजको शान्ति र सुरक्षामा खलल् पुर्याउनेलाई कडा कारवाही गर्न जरुरी । थारु
समुदायमा दारु संस्कृतिको प्रयोग भएता पनि समुदायको शान्ति सुरक्षामा अबरोधक या
हिंसात्मक गतिबिधी गरेमा कानूनी दृष्टिकोणले हेरिनुपर्छ ।  
दण्डहीनता तथा कानूनी राज्य स्थापना हुन नसक्नु
देशमा कानून कार्यान्वयन नभई दण्डहिनताको अवस्था रहेका ले पीडक र अपराधीले
अर्को घटना घटाउन प्रोत्साहन पाउँछ । कुनै हिंसा या शान्ति सुरक्षामा खलल् पार्ने
खालको गतिबिध गर्दा उसलाई छुट छ । या कुनै चोरी, लुटपाट, कुटपीट गरेमा
गाउँमै मिलाएर समान्य कारबाही समेत नगरी छाडीएको छ । पटक पटक घटना
दोहर्याउँदा पनि मिलापत्र गरिनुले अपराधिक मानसिकतामा बृद्धि भएको । कुनै घटना
प्रहरी सम्म नपुगी गाउँमा मिलाउने र प्रहरी सम्म पुगे पनि राजनीतिक हस्तक्षेप तथा
दबाबका कारणले अपराधीलाई छोड्ने प्रबृत्तिले यस्ता घटना प्रश्रय पाएका छन् ।
यसर्थ कानून कार्यान्वयनको सवालमा राज्य सबल हुनुपर्छ । अपराधिक कार्यमा पक्षपाति,
मेलमिलाप र हस्तक्षेप जस्ता दण्डहिनताको संस्कृति बन्द गरिनुपर्छ ।
अस्वस्थ रानीतिक प्रतिस्पर्धा
अहिले हाम्रो देशको मुख्य समस्या भनेको अस्वस्थ राजनीतिक प्रतिस्पर्धा हो । घटना
घट्यो राजनीतिक दलको अगुवाईमा अपराधीलाई संरक्षण दिनु यो सबभन्दा विकराल
समस्या हो । बेरोजगार यूवालाई सकरात्मक नेतृत्व हस्तान्तरण गर्नुका सट्टा लडाई,
झगडा, ठेकेदारी तथा मारकाटको प्रतिस्पर्धामा लगाइएको छ । यूवा जनशक्तिलाई
विकास भन्दा बिनाशको बाटोमा दोर्याइएको छ । यूज एण्ड थ्रो को संस्कृति ब्याप्त छ
। यसले गर्दा पनि यूवा समुदाय निराश भएर गलत काममा लीन हुन बाध्य हुन्छ ।
राजनीतिक दल तथा नेताहरुले यूवाहरुलाई सकरात्मक, सहकार्यात्मक कार्य तथा देश
निर्माणको कार्यमा लगाउनु नै उत्तम उपाय हो । उनीहरुलाई आन्दोलन र
संघर्षको फ्रन्ट लाइनमा मात्र होइन कि विकास, योजना र रणनीतिक योजनाको
फ्रन्ट लाइनमा ल्याउनुपर्छ । जिम्मेवारी बहन गर्ने र गराउने दुइटै कार्य गराउनु
पर्छ । शैक्षिक स्तरः बिद्यालय र अभिभावक विकास, सभ्यता र समृद्धिको प्रमुख
आधार शिक्षा र उद्यमशीलता हो । शिक्षा छैन, अरु केही पनि
हुनेवाला छैन । अहिले ११ गाबिसको शिक्षाको अवस्था हेर्ने हो भने दुःखदायी छ ।
शिक्षामा सरकारको लगानी जतिसुकै भए पनि अनुगमन प्रणाली कडा नहुनुले प्रतिफल
निराशाजनक छ । यसो हुनुमा सरकारको प्रमुख गल्ति त छँदैछ । यो भन्दा ठुलो गलती
शिक्षक, अभिभावक, बिद्यालय व्यवस्थापन समिति, अभिभावक संघको छ । बिद्यालय अहिले अहिले
राजनीति गर्ने थलो भएको छ । विद्यार्थीका लागि प्रेमलाप गर्न सक्ने रमाइलो पार्क
भएको छ । ती बिकृतिहरु न शिक्षकले रोक्न सकेको छ न अभिभावकले नै । शिक्षकले रोक्न
खोज्दा बिद्यार्थी बाट नै असुरक्षित हुने खालको वातावरण कससे सृजना गर्यो ? यसको
जिम्मेवार को ? शिक्षक र डाक्टर यस्तो पेशा हो जसले सारा कुलत त्याग गरेर शिक्षा दिने र
स्वस्थकर बनाउने
प्रमुख माध्यम हुन् । तिनै बाट गलत संस्कृतिको शुरुवाट हुन्छ भने पछिल्लो पुस्ता तिनै
कुरा त सिक्ने हुन् नी । स्कूलीङ्ग नै गलत भएकाले समाज अझै जटिल बनेको छ ।  
यसर्थ मासिकरुपमा बिब्यस, अभिभावक संघको बैठक, समिक्षा, रणनीतिक योजना, अतिरित्त
क्रियाकलापमा बृद्धि, शैक्षिक सामाग्री ब्यवस्थापन, नियमित अनुगमन र शैक्षिक नीतिको
कार्यान्वय गरिनु आवश्यक छ । सुरक्षा निकायको मोबिलीटी नहुनु
११ गाबिसका लागि राजापुर नगरपालिकामा एउटा इलाका प्रहरी कार्यालय, गोडियानामा
सिमा प्रहरी चौंकी, मनाऊमा प्रहरी चौकी, खैरी चन्दनपुरमा प्रहरी चौकी,
भिम्मापुरमा प्रहरी चौकी रहेका छन् । राजापुर इप्रकामा प्रहरी नायब उपरीक्षको
दरबन्दी छ । समुदाय तथा बस्तु स्थिति तथा सुरक्षा अवस्थाको आधारमा बिश्लेषण गर्दा यो
न्यून अवस्था त होइन तर मोबिलिटी भने एकदमै न्यून देखिन्छ । प्रहरीहरु सबै
गाबिसका र वडामा पुग्न सकेको अवस्था छैन । प्रहरी कम्तीमा गाबिस स्तरमो गस्ति, भ्रमण
गएको भए असुरक्षाका घटनामा कमी आउँन सक्थ्यो । खुलायाम गाँजा चरेशको प्रयोग,
होहल्ला, झैझगडा जस्ता शुरुवाटी घटना गस्तिकै कारणले बन्द हुन्थे ।
प्रहरी गाउँ स्तरमा जाने, समुदायसँग समुदायीक सुरक्षाको बारेमा छलफल गर्ने कार्य
अगाडी बढाएमा नागरिक र प्रहरीको सम्बन्ध बिस्तार भई यस्ता घटना कम हुन्थे । यसर्थ
हिंसात्मक र अपराधिक घटनामा कमी ल्याउनका लागि प्रहरीको मोबिलिटी ग्रामिण
स्तरमा बढाउन आवश्यक छ ।  
डुबान, कटान र जंगली जनावरको आतंक
तिनतिर नदि र चारैतिर जंगलको बिचको स्थान भएकाले यहाँ डुबान, कटान र जंगली
जनावरबाट असुरक्षा हुनु अर्को बिकराल समस्या छ । बर्खा याममा बाढी डुबानले गर्दा
भएको खेती बगाएर लग्ने, घरखेत, पशु चौपाया र धन सम्पत्ति नष्ट हुनुले यहाँको
जनजीवन कष्टकर बनाएको छ । बचेका बालीनाली जंगली जनावर सखाप पार्ने, जंगली
हात्तिको आतंकले जीवन असुरक्षित बनाएको छ । यिनै कारणले गर्दा पनि यहाँका
मानिसमा शान्ति र सुरक्षाको अभावले आर्थिक, सामाजिक र साँस्कृति विकासले गति लिन सकेको
छैन ।यसर्थ सुरक्षाका चुनौतिहरु न्यूनीकरण गर्ने प्रमुख दायित्व राज्यको हो । राज्य मौन
बस्न मिल्दै मिल्दैन । राजनीतिक दल जनतालाई भोटबैंकको रुपमा मात्र प्रयोग गर्न
मनासिब हुँदैन । राज्यका हरेक निकाय जनताका समस्या बारे जानकार हुनुका साथै
संबेदनशील हुनुपर्छ । याक्सन वरियन्टेड हुनैपर्छ । तब मात्र त्यहाँका नागरिकलाई
राज्य भएको अनुभूति हुन्छ । राज्यप्रति अपनत्व बढ्छ । राज्यले नागरिक र सरकारको
जिम्मेवारीको तालमेल मिलाउनु पर्छ । अनिमात्र हामीले चाहेको बिकास, समृद्धि, शान्ति
सुरक्षा हुन्छ र सभ्य समाजको परिकल्पना गर्न सकिन्छ ।

सोम डेमनडौरा

हालः नेपालगञ्ज