हिरगर संवाददाता
धनगढी , २४ वैशाख
धनगढीस्थित क्याम्पस चौकमा रहेको रोदन चौधरी मेडिसिन सपका प्रोप्राइटर चन्द्रसिंह चौधरीले कैलारी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
कोभिड–१९ को संक्रमण रोकथाम अभियानको क्रममा गाउँपालिकालाई स्वास्थ्य सामग्री आवश्यक परेका अवस्थालाई मध्यनजर गरेर उनले सहयोग गरेका हुन । चौधरीले आज एक सय थान सेनिटाइजर, एक सय थान मास्क र दुई सय थान पञ्जा गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीलाई हस्तान्तरण गरे । कैलारी गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइन व्यवस्थापनका लागि पीपीई, मास्क, पञ्जा, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री आवश्यक रहेको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरणको क्रममा गाउँपालिकाका प्रवक्ता कमलप्रसाद चौधरी, स्वास्थ्य संयोजक विरेन्द्र सापकोटा, योजना शाखा प्रमुख सन्तोषकुमार चौधरी लगायतको उपस्थिति रहेको गाउँपालिकाका आइटी कर्मचारी रविन्द्र चौधरीले जानकारी दिए ।