लमहीमा ५ दिने एड्भान्स पत्रकारिता तालिम सम्पन्न

लमहीमा ५ दिने एड्भान्स पत्रकारिता तालिम सम्पन्न

लमही १७ चैत्र ।
पत्रकारहरुका लागि ५ दिने एड्भान्स पत्रकारिता तालिमको शुक्रवार एक कार्यक्रमका बिच नर्ती सामुदायिक वन समन्वय समितिको हल लमहीमा समापन गरिएको छ ।
थारु भषा तथा साहित्य संरक्षण मञ्च लमहीको आयोजना एवम् लमही नगरपालिकाको आर्थिक सहयोगमा तालिम सम्पन्न भएको हो । मञ्चका कार्यक्रम संयोजक गुरुप्रसाद कुमाल बुलबुलको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद निमबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले खोजी पत्रकारिताको माध्यमबाट लुकेर रहेका कुराहरुलाई उजागरण गर्नु पर्ने बताएका थिए । साथै उनीहरुले पाँच दिन सम्म सिकेका कुरालाई व्यवहारमा लागु गरि खोजी पत्रकारिता तर्फ कलम चलाउन आग्रह गरेका थिए ।
कार्यक्रममा रेडियो हाईवेका प्रवन्ध निर्देशक तथा प्रशिक्षक केपी घिमिरे, मञ्चका अध्यक्ष छविलाल कोपिला, पत्रकारहरु ओमप्रकाश गुप्ता, श्रवण वस्नेत, रेडियो हाईवेकी बसन्ता पौडेल, रेडियो नयाँ युगका नारायण विष्ट, शिवु खनाल, रेडियो देउखुरीकी लक्ष्मी खनाल र प्रशिक्षार्थी पत्रकार सिता मल्ल लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नगरपालिका भित्रका २१ जना पत्रकारहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पत्रकारहरु दुर्गालाल केसी, शरद अधिकारी, बसन्त विवश आचार्य, के.पी घिमिरे, लिला शाह, निमबहादुर थापा र प्राविधिक विष्णु अधिकारी रहनु भएको थियो । कार्यक्रमको सञ्चालन नेपाल आदीवासी जनजाती महासंघ लमहीका सहसचिव तथा सञ्चारकर्मी यमुना पुनमगरले गर्नु भएको थियो ।