साहित्यकार एवम अभिनेता छविलाल कोपिलाको ४२औं जन्म दिवस

साहित्यकार एवम अभिनेता छविलाल कोपिलाको ४२औं जन्म दिवस

साहित्यकार एवम् चलचित्र अभिनेता छविलाल कोपिलाले आफ्नो ४२ औं जन्मदिन फरक तरिकाले मनाउनु भयो । जन्मदिनमा फजुद खर्च गर्ने, तडक भडक गरिने प्रवृत्तिको जवाफमा कोपिलाले आफ्नो जन्म दिवस दुई पुस्तक विमोचन तथा कविता वाचन गोष्ठीको बीच मनाउनु भयो ।
देउखुरी गजल अभियानको आयोजनामा साहित्यकार एवम् चलचित्र अभिनेता कोपिलाको जन्म दिनको अवसरमा गजलकार गुरुप्रसाद कुमाल ‘बुलबुल’को बुलबुलका गजलहरु र आशिष कल्पवृक्षको शब्द यात्रा गजल संग्रहको विमोचन गरिएको छ । साथै सहभागीहरुले कविता वाचन गरेर साहित्यकार कोपिलालाई जन्मदिनको शुभकामना ब्यक्त गरेका छन् ।

देउखुरी गजल अभियानकी उपाध्यक्ष यमुना पुन मगरको अध्यक्षता एवम् राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथिले समाज रुपान्तरण गर्न साहित्यकार छविलाल कोपिलाले नयाँ अध्यायको सुरुवात गरेको धारणा राखे । कार्यक्रममा विमोचित कृति मध्येको बुलबुलका गजलहरुको समीक्षा जागेश्वर शर्मा घिमिरे र आशिष कल्पबृक्षको शब्द–यात्राको समीक्षा निमबहादुर थापाले गनुभएको थियो ।

सो अवसरमा पोखराथोक साहित्य संगमका अध्यक्ष गंगानाथ कोईराला, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय महासचिव नारायण योगी, राप्ती साहित्य परिषद् दाङ शाखाका सचिव दीपक समीर शर्मा समिर, नेपाली लेखक संघका केन्द्रीय सदस्य मेदिनीकुमार केवल, प्रगतिशील लेखक संघका पूर्व राष्ट्रिय परिषद् सदस्य रामप्रसाद जैशी, गोचाली पत्रिकाका सम्पादक भगवती प्रसाद चौधरी, कलेज कविता अभियानका नविन अभिलाषी, प्रगतिशील साहित्यकार धर्मराज वैरागी, रेडियो हापुरेका स्टेशन म्यानेजर प्रेमबहादुर राम्जा, लोक गायक सचेत विरही भण्डारी, गजल अभियान दाङका संयोजक प्रवल विष्ट, वामदेव पौडेल, उमाकान्पन्थ, लोकतन्त्र पन्थी, वेदुलाल सुवेदी, खेमप्रसाद चौधरी, प्रतीक संग्रामी, इच्छा रोका, विसर बुढा मगर, सूर्यराज गौतम, के.डी. एकल यात्री, लोकतन्त्र पन्थी, मानव राना लगायत ३७ जनाले रचना वाचन गरेका थिए । लक्ष्मी वाग्लेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार ओमप्रकाश गुप्ताले गर्नु भएको थियो भने उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन अभियानका सदस्य आशिष कल्पवृक्षले गर्नु भएको थियो ।