साहित्य सहित कल्वाखवाही

साहित्य सहित कल्वाखवाही

असार २०७३, राजापुर, बर्दिया
                      जंग्रार साहित्यिकबखेरीको आयोजनामा साहित्यचिन्तन सहितको कल्वाखवाही सम्पन्नभएको छ । कल्वाखवाहीबर्दियाको राजापुर नगरपालिका १०, चख्खापुर गाउँमा सम्पन्नगरिएको हो ।
                                       थारु समुदायमाधान रोपाई शुरु गर्नु भन्दा अगाडी कल्वाखाने प्रचलन छ । त्यसो त बिहानको खानालाई कल्वाभन्ने गरिन्छ । तर खेतीपातीको शुरुवाटीको रुपमा खेतमा या घर बाहिर खानाखाने प्रचलनलाई कल्वाखाने भनिन्छ । कल्वाखाँदाप्रायःमासु, माछा र साग सहितको खानाखाने गरिन्छ । थारु समुदायप्रायः खेतीमानिर्भर छ । यसर्थ धानबालीमाकिरा नलागुन, ढोंढीको लहरा जस्तै धानहर्लक्क बढोस्, उत्पादन राम्रो होस् भन्नकालागिकल्वाखाँदा ढोंढीको साग चढाउने र खाने चलन छ । सोही संस्कृतिलाई आम सञ्चारमाल्याउनुका साथै यस प्रचलनकाबारेमाजानकार बनाउनकालागिकल्वाखवाहीको नाममा साहित्यिकचिन्तनको कार्यक्रमआयोजनागरिएको बखेरीकाअध्यक्ष सोम डेमनडौराले बताए । सोहीअवसरमाउनले थारु भाषाबिद्यालयमा ऐच्छिक पाठ्यक्रमको रुपमाविकास गर्न, थारु भाषालाई स्थापितगर्न र भाषालाई अझ समृद्ध र नम्र बनाउनकालागियूवा साहित्यकारको महत्वपूर्ण योगदान रहेको बारे प्रशिक्षण समेत गरेकाथिए । कार्यक्रमकाबिशेष अतिथि रहेका हरचाली साहित्यिकपत्रिकाका सम्पादक सागर कुश्मी संगतले अबकादिनमाकथाबिधालाई समेत यस्ता कार्यक्रममाबाचनगर्नुपर्ने र यसको प्रकाशनमा समेत बृद्धि गर्नुपर्नेमाजोड दिए ।  कार्यक्रमकाप्रमुखअतिथिको रुपमा रहेका हिरगर साहित्यिकबगाल कैलालीकाकोषाध्यक्षगंगालेजंग्रार साहित्यिकबखेरीले थारु साहित्यतथाभाषाको क्षेत्रमा नेतृत्वदायि र प्रेरणादायी भूमिका खेलेको बताउँदै नयाँनयाँकामका शुरुवाट समेत गरको बताए । बखेरीले पुस्तकप्रकाशन जस्तो थारु भाषाकालागि महत्वपूर्ण दस्ताबेजिकरण गरेकोमाप्रशंसा समेत गरे ।  कल्वाखवाहीजंग्रार साहित्यिकबखेरी बर्दियाका सदस्यश्याम शराबीको अध्यक्षतामाभएको थियो । शराबीले आगामीदिनमायूवा साहित्यकारले थारु साहित्यको तुलनात्मकविकासकालागि शैक्षिकतथा गुणस्तरीय र सचेतनामूलक साहित्य लेखन गर्नुपर्ने सुझाबदिए ।थारु साहित्यमाअझै पनिसमालोचनाको विकास र अभ्यास नभई सकेकाले यसतर्फ पनिध्यानदिनु पर्ने बताए । कार्यक्रममा ठाकुर अकेला, अन्जु चौधरी, अनुराग सायर, लबअबिरल, सुरज बर्दियाली, दर्पण कुसुम्या, मस्तराम हारल मनरख्ना, दिलिप रत्गैंया, सुमित रत्गैंया, बीर बहादुर जलन, एम के कसुम्या, मोहनचौधरी, रमेश मिशनलगायतले साहित्यबाचन र गित समेत गायकाथिए । सोहीअवसरमाथारु भाषाबारेम आम समुदायलाई जानकार बनाउनकालागिथारु भाषामा लेखिएको टिसर्ट समेत बितरण गरिएको थियो ।