काठमाडौं।
- सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले असार ११ गते ११ औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले हाल कायम चुक्ता पुँजी एक अर्ब १३ करोड रुपैयाँको १२ प्रतिशतका दरले बोनस शेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गर्ने भएको छ।कम्पनीले १० औं वार्षिक साधारणसभाबाट ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो। कम्पनीले हाल घोषणा गरेको बोनस शेयरपछि चुक्ता पुँजीको ७० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव अगाडि सारेको छ।
बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब २६ करोड रुपैयाँ पुग्नेछ। यसै पुँजीको ७० प्रतिशत अर्थात ८८ करोड ७४ लाख रुपैयाँको हकप्रद निष्काशनपछि चुक्ता पुँजी दुई अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ।