सूर्या लाइफ को बनभोज कार्यक्रम सम्पन्न

सूर्या लाइफ को बनभोज कार्यक्रम सम्पन्न

हिरगर संवाददाता

४, फाल्गुन, धनगढी

सुर्या लाइफ इन्स्योरेन्स कंम्पनी धनगढी शाखाले आज कैलालीको पर्यटकीय क्षेत्र जखोर तालमा भब्यताका साथ बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

सबै अभिकर्ताहरु बिच सुमधुर सम्बन्ध साथै अफिसको स्टाफहरु सँगको सुमधुर सम्बन्ध कायम राख्न र एक उर्जा थप्ने हिसाबले यो कार्यक्रम राखिएको धनगढी शाखाका शाखा प्रमुख नरेश भट्ट ले जनाउनु भयो । प्रमुख अतिथि प्रदेश ६ र ७ का प्रमुख दिनेश खडका रहनु भएका थिए भने अतिथि मा एरिया शाखा प्रमुख हिरालाल चौधरी रहनु भएको थियो ।  करिब ६० / ७० जनाको ऐजेन्सी मेनेजर, टिम मेनेजर र अभिकर्ता साथिहरु आफ्नो कला पनि प्रस्तुत गरेर रमाइलो गरेका थिए ।

नेपालमा बिमा बजार पुरै खाली रहेको अवस्थामा हामी पुरानो अभिभावक कम्पनीको नाताले बिमा अभियान शसक्त रुपमा अगाडी बाढाउन हामी सबै को अभिभारा हो भन्दै हामी सबै लाई नेपाली बिमा बजारमा स्वरोजगार बनी नेपालमै जिबिको पार्जन पनि गर्न सक्ने भनी शिक्षण पेसा छाडेर आएका जालुराम चौधरी त्यस्तै मिना चौधरी आफ्नो जब छाडेर अभिकर्ता मा भबिस्य देखेकोमा खुशिब्यक्त र सफलताको शुभकामना प्रमुख अतिथि दिनेस खडकाले दिनुभयो ।