सूर्या लाइफ बाट तीज बिशेष र अभिकर्ता समान कार्यक्रम सम्पन्न

सूर्या लाइफ बाट तीज बिशेष र अभिकर्ता समान कार्यक्रम सम्पन्न

हिरगर संवाददाता ,
धनगढी , भाद्र ११,

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक तथा प्रदेश नम्बर ५, ७ र कर्णाली प्रदेशका प्रमुख किरण गौतमले सूर्या लाइफ इन्स्योरेन्स नै सबैभन्दा राम्रो नम्बर १ बिमा कम्पनी बनाउने दावागरेकाछन ।

बुधबार धनगढीमा आयोजित अभिकर्ता सम्मान तथा तीज विशेष कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले, हरेक दिनजसो हामीले जोखिमपूर्ण काम गरिरहेका छौँ । तर हाम्रो जीवनको रक्षा भने कतै पनि छैन । त्यसैले जीवन बिमा गर्नु पर्ने बताए । त्यसमा पनि सूर्या लाइफ इन्स्योरेन्स कम्पनी अरुको तुलनामा एकदमै राम्रो र किस्ता पनि एकदमै कम पर्ने बताए ।

 

कार्यक्रममा धनगढी का एरिया मेनेजर हिरालाल चौधरी को अध्यक्षतामा प्रमुख अतिथी सहायक महाप्रबन्धक किरण गौतम रहनु भएको थियो भने कार्यक्रम संचालन शाखा प्रमुख नरेश भट्टले गरेका थिए । उक्त कार्यक्रम मा नेपालकै पहिलो थारु चेली सुर्या लाइफ बाट देशभर बाट सातौं स्थान हासिल भै र कार जित्ने उनी पहिलो थारु चेलीको रुपमा परिचय बनाउन सफल भएकीछिन ।

त्यसै कार्यक्रममा ब्यक्तिगत कोडमा सफल तीन जना र टिम मा टप १० जना लाई र थुप्रै अन्य कम्पनी छोडेर र प्राइम लाइफका शाखा प्रमुख लगाएत सुर्या लाइफमा अभिकर्ता बन्न आउने सबै लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्समा आवद्ध १०० भन्दा बढी एजेन्सी मेनेजर तथा अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।