सञ्चारकर्मी हरि चौधरी अब ठुलो पर्दामा देखिदै ।

सञ्चारकर्मी हरि चौधरी अब ठुलो पर्दामा देखिदै ।

बैशाख लम्की ।
सञ्चारकर्मी हरि चौधरी अब ठुलो पर्दामा देखिने भएका छन् । “चम्पन सांस्कृतिक समूहले निर्माण गर्न लागेको थारु कथानक चलचित्र “भौंरा“ बाट सञ्चारकर्मी हरि चौधरी ठुलो पर्दामा देखिदै छन् । ‘कला संस्कृतिलाई जोगाई राख्नुपर्छ’ भन्ने मान्यता बोकेका कैलालीका सञ्चारकर्मी हरि चौधरीले पहिलो पटक थारू लोक गीतको म्युजिक भिडियो बजारमा ल्याएका थिए । उक्त गीतको म्यूजिक भिडियोसँगै सञ्चारकर्मी हरिले आफ्नो कलाकारिता जिवन सुरु गरे लगतै चौधरीले थारु भाषाको ठुलो पर्दा फिल्म भौंरामा अभिनय गर्ने मौका पाएका छन् । जसमा चौधरीले गाउँको चौकीदारको भुमीका निभाएको देख्न सकिन्छ । सानैदखि कलाकारिता क्षेत्रमा रुचि राख्दै आएका, कैलालीको लम्की–चुहा नगरपालिका–११, पिपरकोटी घर भएका चौधरीको कलाकार बन्ने सपना पूरा भएको छ ।

श्री नारायण चौधरीको कथाबस्तु, कृष्ण चौधरीको निर्देशन तथा नन्दुराज चौधरीको निर्माणमा बन्न लागेको चलचित्रमा रिमा चौधरी ,सोनु थारु, राज कुश्मी,अन्जु चौधरी,रोशन रत्नगैंयां ,हरी चौधरी, निरज चौधरी , दिपक चौधरी ,बीर बहादुर, फीरु चौधरी लगायतका कलाकार हरुले अभिनय गरेका छन्। सामाजिक र पारिवारिक पृष्ठभुमिमा आधारित फिल्म एउटा समुदाय भित्र धनी र गरीब बीचको विभेदलाई प्रस्ट्याएको छ। आफुलाई सर्बैसबा ठानी कुलतमा फसेको पुरुषलाई महिलाले कसरी सुधारमा ल्याउंछिन भन्ने यथार्थ पनि देखाउन खोजिएकोछ ।

चलचित्रमा पाँच वटा गीत समाबेश भएको छ । जुन गीतलाई दीपक चौधरीले निर्देशन गरेकाछन् भने दीपक चौधरी दीपले सहायक निर्देशकका जिम्मेवारी निभाएका छन् ।

दाङको पकुई , धारापानी , देउखुरी गढवाको राप्तीपुल लगायत स्थानमा छायांकन गरिएको चलचित्रलाई हरीनारायण चौधरीले छायाङकन गरेका छन् ।

nlic