सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड टिकापुर र लम्की शाखा को अभिकर्ता सम्मान र समिक्षा कार्यक्रम

सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड टिकापुर र लम्की शाखा को अभिकर्ता सम्मान र समिक्षा कार्यक्रम

हिरगर संवाददाता

भाद्र २५, लम्की

सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड टिकापुर र लम्की शाखा को आर्थिक बर्ष २०७५र७६ अभिकर्ता सम्मान र समिक्षा कार्यक्रम बुधबार टिकापुरको ग्रीन एसिया र लम्कीमा झुङगा रिसोर्ट लम्की मा सप्पन्न भएको छ । सुर्या लाईफ इन्स्योरेन्स लम्की साखाका प्रमुख सिबनाथ बि क को सभापतित्वमा सुरु भएको कार्यक्रमका सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड का सहायक महाप्रबन्धक किरण गौतम प्रमुख अतिथि रहनु भएको थियो।अन्य अतिथीहरुमा सुर्या लाईफ इन्स्योरेन्सका एरिया प्रवन्धक हिरालाल चौधरी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति सहायक महाप्रबन्धक किरण गौतमले मान्छे जन्मे देखि मृत्यु सम्म पैसा चाहिने भएकोले अहिलेको यो समयमा प्रत्येक ब्यक्तिको बिमा हुन अति आवश्यक रहेको बताउनु भयो । पछिल्लो समयमा बिमा ब्याबसायमा बेग्लै पहिचान बनाउन सफल सुर्या लाईफ ईन्सुरेन्स आगामी बर्ष देशकै उत्कृष्ट बिमा कम्पनी हुने लक्ष्य लिएको बताउनु भयो । त्यस्तै एरीया ब्रान्च म्यानेजर हिरालाल चौधरीले बिमा मात्र नभई जुनसुकै काम पनि पहिले आफैबाट नै सुरु गर्नुपर्ने बताउनु भयो । बिमा आर्थिक बचत, भबिस्यको लगानी र मुख्य चिज आर्थिक तथा मानबिय सुरक्षा भएकाले सबैले ढुक्क भएर बिमा गर्न आग्र गर्नु भयो । कार्यक्रममा लम्की शाखामा आर्थिक वर्ष २०७५÷७६ मा सबै भन्दा बढि बिमा संकलन गरी टिममा काम गर्ने अभिकर्ता हरुलाई दोसल्ला, प्रमाण पत्र सहित सम्मान गरिएको छ । र्काक्रममा बर्दिया, लम्की, बौनिया र मोहन्याल गाउपालीका गरी करीब एक सय जना अभिकर्ताको सहभागिता रहेको थियो भने कार्यक्रको सञ्चालन सुर्या लाईफ इन्स्योरेन्स लम्की शाखाका कर्मचारी सुरेस जैशीले गर्नु भएको थियो टिकापुरमा एइजेन्सी मेनेजर ले कार्यक्रम संचालन गरेका थिए ।