बर्दिया राजापुरकाे विकास किन हुन सकेन ?

 सीताराम थारू

कर्णालीको दुई वटा भंगालोको बिचमा निक्कै संबेदनसिल अवस्थामा रहेको तापुलाइ भौरा टप्पा भनेर चिनिन्छ । थारु जातिहरुको बहुल्यता रहेको यो क्षेत्र साँस्कृतिक हिसाबले निक्कै धनी तर आर्थिक र राजनितिक हिसाबले पछाडी पारिएको छ । क्षेत्रफलको अनुपातमा नेपालको सबभन्दा बढी थारु जातिहरुको बसोबास गर्ने यो क्षेत्र बिकासको दृष्टिकोणले राज्यबाट ठगिएको छ । यस क्षेत्रमा ८५ प्रतिसत भन्दा बढी थारु जातिको बसोबास छ । ५ वटा गाबिसलाई जोडेर एउटा नगरपालिका बनाइएको छ भने ६ वटा गाबिसलाई टतस्थ राखिएको छ । यसर्थ यस क्षेत्रलाई एघार गाबिसले पनि चिनिन्छ । द्वन्द्वकालमा निक्कै दुख झेलेका यहाँका जनताहरु देश गणतन्त्रमा आइपुग्दासमेत कुनै किसिमको परिबर्तन भएको छैन । यही क्षेत्रभित्र निक्कै पुरानो राजापुर बजार पनि अवस्थित छ । एतिहासिक दृष्टिकोणले हेर्दा यो बजारनिक्कै पुरानो भएतापनी आज भौतिक संरचना र पुर्बधारको हिसाबले खासै कुनै परिबर्तन देखिएको छैन । हाम्रा पुर्खाहरुको भनाइ अनुसार पहिले-पहिले दाङ र सुर्खेतका जनताहरु सामानहरु किनमेल गर्न दाङ र सुर्खेतबाट पैदल राजापुर बजार आउथे तर बिडम्बना यति पुरानो ईतिहास बोकेको बजार कुनै परिवर्तन भएन । यहि नजिकै टिकापुरको बजार बिस्तारमा ठूलो परिवर्तन भैसकोको छ भने राजापुर बजार जहाँको त्यही छ । राजापुर बजार बिकास नहुनुका मुख्य कारण अस्थाइ बसोबास बर्दिया राजापुर निक्कै पुरानो बजार हो । राजापुर बजार बिकास नहुनुको मुख्य कारण अस्थाई बसोबास हो । ९९ प्रतिसत बजारभित्रको ब्यवसायी लालपुर्जाबिहीन छन । यति लामो समयसम्म बसाइ गरिसक्दा पनि त्यहाका स्थानीयहरुले लालपुर्जा पाको छैनन् । प्रत्येक चुनाबमा नेताहरुले लालपुर्जाको विषयलाई त्यहाको जनताको भोट लुट्ने प्रमुख एजेन्डा बनाउने गर्छन् तर आजसम्म नेताहरुको आश्वासन आश्वासनमा मात्र सिमित छ । लालपुर्जा नभएको कारणले गर्दा यहाँका ब्यपारिहरु स्थायीरुपमा घर बनाउन र व्यापार गर्न सकिरहेका छैनन्। जस्ले गर्दा उनीहरुले धेरै अवसरहरु गुमाउनु परिरहेको छ । एकलौटी जग्गा जमिन राजापुर बजार क्षेत्रको आसपासमा एउटै ब्यक्तिको स्वामित्वमा धेरै जग्गा जमिन हुनु पनि बिकासको बाधक हो । धेरै जग्गा जमिन एउटै ब्यक्तिले थुपारेर तटस्थ बसिरहेको अवस्थाले गर्दा बजार बिस्तारमा समस्या देखिएको छ । सरकारले बजार बिस्तारको लागि कुनै किसिमको योजना बनाउन नसक्नु र त्यहाँको स्थानीयहरुले बजार बिस्तारको लागि सहयोग गर्न नसक्नु नै सबभन्दा थुलो कमजोरी हो । घुमन्ते ब्यापारीको बिगबिगी राजापुर बजार घुमन्ते ब्यापारीको हातमा परेको हुनाले बजारको बिस्तार एबम बिकास नहुनु अर्को मुख्य कारण हो । थारुहरु ब्यापर ब्यवसायिमा कमजोर भएको कारणले यिनीहरुको कमजोरीको फाइदा उठाउदै भारतीय मुलका व्यापारीहरुले यहाँको जनताहरुको पैसा collection गरी यहाँको सबै आम्दानी भारतमा लगानी गर्ने र उहीँ स्थायीरुपमा घर बनाइ बसोबास गर्ने भएकाले राजापुर बजारको मुहार फेरिएन । सरकार आफ्नै मुलको ब्यापारीहरुलाइ स्थायी रुपमा स्थापित गर्न नसक्नु नै ठूलो कमजोरी हो । पूर्बाधारको अभाब कुनै ठाउँको बिकास नहुनु भनेको पुर्बधारको अभाब हो । अहिलेसम्म ११ गाबिसको यातायातको सुबिधा हेर्यो भने निक्कै दैनिय छ । राजापुर बजारभित्रको २ सय मिटर पिच बाहेक कहि कतै पिच भाको छैन । बाटो र पुलको अभाबले गर्दा यहाँ कुनै किसिमको अवसरको सिर्जना हुँदैन । बैंक बितीय, गैसस एवम ब्यापारीक सस्थाहरु पूर्बाधारको अभाबले गर्दा लगानी गर्न हिचकिचाइ रहेको अवस्था छ । शिक्षा, स्वास्थ, यातायात लगायत बिभिन्न पुर्बधारको बिकास बिना कुनै पनि बिकास र अवसरहरु सिर्जना हुन असम्भब छ । कृषि तथा सरकारी संयन्त्रमा पहुँचमा कमि ८५ प्रतिसत जनसंख्या थारुले ओगटेको ठाउँमा ८० प्रतिशतभन्दा बढी जनताले कृषि पेसामा आवद्ध छन् । अहिलेको सरकारको बजेट हेर्दा कृषि पेसामा थुप्रै अनुदान र लगानी भएतापनी त्यो असली कृषक सामु पुगेको अवस्था छैन । आधुनिक कृषि प्रणालीको अभाब छ । कृषकले आफैँले किनेर पनि सही समयमा मलखाद प्राप्त गर्न सक्दैन भने अर्को जटिल समस्या भनेको आफैँले उत्पादन गरेको बस्तुको सही मूल्य पाउन सकिराखेका छैनन् । ५० वर्ष अगादी कृषकको जीवन र अहिलेको कृषकको जीबनमा कुनै खासै परिवर्तन आको छैन । अहिले यही कृषकको जिबनलाइ क्याल्कुलेसन गर्दा एउटा सरकारी खरदारको आम्दानी र ५ बिघामा २० जना मेनपावर दिनरात काम गर्दा बराबरको आम्दानी कृषकहरुले गर्न सकिराखेको छैनन । जहाँ ८० प्रतिसत रहेको थारुको १ प्रतिसत पनि सरकारी संयन्त्रमा पहुँच छैन । यी सम्पुर्ण जनताको जीवनस्तरको प्रभाब त्यहाको समाज र क्षेत्रलाइ परेको छ । इमान्दार नेताको अभाब नेता फेरिए, नेताको जीवनस्तर फेरियो तर यो क्षेत्र, यो राजापुर बजारको मुहार फेरिएन । यो क्षेत्रलाई सुनको चरा बनाउने धेरै नेताहरु आएर सोझा जनतालाइ उल्लु बनाएर गए, तर सोझा जनताहरु सुनको चरा कहिले आउँछ र सुनको अन्डा दिन्छ भन्ने झुठो सपनाको आसमा कयौं पुस्ता गुजारे । नेता त धेरै जन्मे तर सबै टुरिष्ट नेता भएर जन्मे । जबसम्म एक सँच्चा नेताको जन्म हुदैन तबसम्म यहाको जनताको सपना अधुरै रहन्छ । अन्त्यमा, बिकास आफैँ हुँदैन बिकास गर्नको लागि स्वयंम आफू पनि अग्रसर हुन जरुरी छ । सायद जति दोषी हामी नेतालाई देख्दैछौ यति नै दोषी हामी पनि छौ आखिर हामिले नै उनिहरुलाइ नेता बनाएको हौ नि । भबि स्यमा आफुले चुन्ने नेताको मुल्यांकन गरि चुनौ र अर्को महोत्वपुर्न कुरा माथिको कारणलाई कसरी सुधार्ने? कसरी पार लाउने? यसको बारेमा छलफल बहस गरि ठोस निकास दियौ । यो नै नयाँ नेपालको सुरुवात हो ।

लेखक चौधरी बर्दियाली थारु विकास मंच काठमाडौंका अध्यक्ष हुन् ।